क्रामाकपा सोनादा एक जोनल कमिटीको सांगठनिक सभा अनि जोनल कमिटी गठन

IMG-20240218-WA0178.jpg

सोनादा: क्रामाकपा सोनादा एक जोनल कमिटीको सांगठनिक सभा कमरेड एसके राईको अध्यक्षतामा सम्पन्न भयो। कन्भेन्सनमा उदबोदन वक्तव्य केन्द्रीय प्रवक्ता अरूण घतानीले राख्दै दार्जीलिङको राजनीतिमा क्रामाकपाको आवश्यकता र दायित्वमाथि वक्तव्य राखेका थिए। उनले भने, ‘क्रामाकपा बलियो भयो भने मात्र जनताको आन्दोलन बलियो हुन्छ, पहाडका १० वटा चियाकमानहरू बन्द भएका छन्। केन्द्र र राज्य सरकार अनि स्थानीय प्रशासन श्रमिकको हक रक्षा गर्न विफल भएको छ। सरकारी नेताहरू मालिकसंग मिलेर चियाबारीको अवस्था झन बिचलित बनाएको छ। पर्जा-पट्टा निम्नतम रोजगारको समाधान गर्न सकेन।’ घतानीले क्षोभ प्रकट गर्दै श्रमिकवर्गले आफ्नो लडाई आफै लड्नु पर्ने सुझाव राखे। सभालाई संगठन प्रमुख शेखर छेत्री, कार्यकारी सचिव बीएम राई, महासचिव नर्बु लामाले सम्बोधन गरे। क्षेत्रका विभिन्न शाखा मुण्डा बाँसघारी, अप्पर लोवर सिडर्स, रङमूक सिडर्सका नेतृत्वले शाखाको रिपोर्ट राखेपछि नयाँ जोनल कमिटी गठन गरियो।

१५ जनाको नयाँ कमिटीमा कमरेड अकबर राई सभापति अनि सन्त कुमार राई सचिव, सोभित राई उप सभापति, अनर सुब्बा सह सचिव, सन्तोष राई सह सचिव, बानु छेत्री कोषाध्यक्ष चयन भएका छन्। मुण्डा बाँसघारी शाखा संयोजक कमरेड सजन छेत्री र दिनेश छेत्री मनोनित गरियो भने रङमुक चन्द्रमानधुरा शाखाको संयोजक कमरेड सुवास छेत्री चयन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement