रामझोडा टीजी सम्मान कप नकआउट फुटबल टुर्नामेन्टमा तेस्रो क्वार्टर फाइनल सम्पन्न

वीरपाडा: रामझोडा फुटबल सम्मान कप आयोजक समितिको तत्त्वावधानमा आयोजित रामझोडा टीजी सम्मान कप नकआउट फुटबल टुर्नामेन्टमा तेस्रो क्वार्टर फाइनल म्याचमा लङ्कापाडा मिलन क्लबले रोमाञ्चक जीत हासिल गर्‍यो| स्थानीय रामझोडा फ्याक्ट्री लाइन खेल मैदानमा खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा लङ्कापाडा मिलन क्लबले ब्राइट फुटबल एकाडेमी (सिलगढी) टोलीलाई ३-१ ले पराजित गर्‍यो|

म्याचमा शुरूदेखि अन्तसम्म रोमाञ्चक खेल रहेको थियो भने लङ्कापाडा मिलन क्लबका सुमन विश्वकर्मा, समीप गुरुङ अनि सोनम लेप्चाले एक एक गोल गरे| प्रतिउत्तरमा ब्राइट फुटबल एकाडेमी (सिलगढी) का खोकन रोयले एक गोल गरी ३-१ मा उत्कृष्ट प्रदर्शन गर्दै लङ्कापाडा मिलन क्लबले रोमाञ्चक जीत हासिल गर्‍यो|
टोलीलाई उत्कृष्ट प्रदर्शन गर्ने समीप गुरुङलाई हिरो अफ द म्याच ट्रफी प्रदान गरियो|

अब आइतबार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा दलसिंहपाडा स्पोर्ट्स एकाडेमी र तेलीपाडा फुटबल एकाडेमी बीच जम्काभेट हुनेछ| टुर्नामेण्टमा च्याम्पियन हुने टोलीलाई ट्रफीको साथमा ५० हजार अनि रनर अप् हुने टोलीलाई ट्रफीको साथमा ३० हजार रुपियॉंको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सभापति आनन्द ठटाल-ले बताए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement