रिक्त पदहरूमा नयाँ पदाधिकारीहरू नियुक्त
खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे सांगठनिक सभा खरसाङमा सम्पन्न भयो। उक्त सभा प्रजातान्त्रिक असंगठित श्रमिक संगठनकाे सभापति एल्जिन ब्राह्मणको अध्यक्षतामा संगठनको कार्यालयमा सम्पन्न भयाे। सभामा विशेष सांगठनिक रुपमा मजबुत बनाउने विषयमा चर्चा गर्नुको साथै रिक्त रहेका पदहरुमा नयाँ सदस्यहरु चयन गरियो। यस क्रममा वर्तमानमा रहेका महकुमा सचिव आफ्नो निजी कामले व्यस्त रहेकोले संगठनलाई सुचारू रुपमा चलाउनु हेतु रञ्जन तामाङलाई प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको कार्यकारी सचिवक रूपमा नियुक्त गरियाे। त्यसरी नै निमा तामाङलाई पंखाबारी लङभ्यु अम्बटे समष्टि संयाेजक साथै प्रवाकर सार्कीलाई टुङ्ग सन्त मेरिज समष्टिको संयाेजक चयन गरियाे। त्यसरी नै एल्जिन ब्राह्मणको बाहुलीबाट सबैलाई नियुक्त पत्र प्रदान गरियाे। व्यक्तिगत हाेईन हामी भएर सबै श्रमिकहरुलाई एकमुष्टमा पारी संगठन साथै पार्टीकाे हितमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाकाे साथमा रहने सभामा जनाइएको छ।

वर्तमानमा हुन गईरहेकाे पार्टीले दिएका कार्यक्रम जागरण यात्रामा सहभागी रहेर आफ्नो क्षेत्रकाे समस्या सामाधन गर्ने दिशामा श्रमिकहरु पनि अघि बढनुपर्छ साथै विकासकाे कार्यक्रमहरुमा पनि सहभागी हुनुपर्छ जीटीएमा भईरहेकाे विकासकाे कार्यहरुमा क्षेत्रीय श्रमिकहरुलाई सहभागी बनाउनुपर्छ भन्ने दिशामा पनि जाेड दिएका छन्। सभामा सांगठनिक सचिव नवीन शेर्पा, कार्यकारी सदस्य विकास सार्की, प्रवेश तामाङ साथै अन्य सदस्यहरु उपस्थिति थिए।









