उच्च माध्यमिक परीक्षार्थीको झुन्डिएको अवस्थामा शव उद्धार

IMG-20230528-WA0320-5-300x172-3

सिलगढी: सिलगढीमा उच्च माध्यमिक परीक्षार्थीको झुन्डिएको अवस्थामा शव उद्धार भएकाे छ। मृतक युवकको नाम बाग्राकोर्ट निवासी बबिन पाल बताइएको छ। बबिन पाल सिलगढीको नेताजी स्कुलमा पढ्दथे। प्राप्त जानकारी अनुसार आज बिहान परिवारका सदस्यहरूले तिनलाई उठाउन जाँदा झुन्डिरहेको अवस्थामा तिनको शव देखे। बबिनले कानमा हेडफोन लगाएको थियो भने साथमा मोबाइल पनि थियो। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि पठाएको छ।

पारिवारिक सूत्रले दिएको जानकारी अनुसार बबिनले पहिला पनि २ पल्ट उच्च माध्यमिक परीक्षा दिए तापनि परीक्षा उत्तीर्ण गर्न सकेका थिएन। यसपल्ट पनि तिनले परीक्षा दिइरहेका थिए। तिनले एउटा परीक्षा दिइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement