सन्देशखालीमा सोमवारदेखि धारा १४४ समाप्त हुनसक्ने

65cc1ccb3dd33-sandeshkhali-145209715-16x9.jpg

काेलकाता: पश्चिम बंगालको हिंसाग्रस्त सन्देशखाली क्षेत्रमा प्रवेश गर्ने विभिन्न प्रवेश द्वारहरूमा लागू धारा १४४ सोमवारदेखि समाप्त हुनसक्छ। जिल्ला प्रशासनको सूत्रले आइतवार बिहान सो जानकारी गरायो।

भनिएको छ, क्षेत्रको वर्तमान स्थितिमाथि समीक्षा गरिँदैछ। साथै इन्टेलिजेन्सको सहयोगमा स्थितिको जानकारी लिइँदैछ। एकजना अधिकारीले बताए, शिबु सरदार औ उत्तम हाजराविरूद्ध सामूहिक दुष्कर्मका धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएपछि महिलाहरूमा आक्रोश कम भएको छ। शिबु सरकारलाई पक्राउ गरिएपछि झन् क्षेत्रका मानिसहरू केही हदसम्म सन्तुष्ट भएका छन्। जहाँसम्म शेख शाहजहाँको पक्राउको कुरा छ, यसको निम्ति पुलिसले ईडीलाई दोषी ठहराइरहेको छ। गए शनिवार आयोजित एक प्रेस कन्फ्रेन्समा पुलिस महानिदेशक राजीव कुमारले भने, ईडीले शेख शाहजहाँविरूद्ध जाँच गरिरहेको छ भने उसलाई पक्राउ किन गर्दैन?

महिलाहरूले यो आरोप पनि लगाएका छन्, शिबु हाजरा र उत्तम सरदार सहित शेख शाहजहाँका अन्य समर्थकहरूले उनीहरूको जमीनमाथि बलजफ्ती कब्जा गरेका छन्। यसको समाधानको लागि आइतवार भूमि विभागद्वारा शिविर आयोजना गरिँदैछ। शिविरमा मानिसहरूले आफ्नो सिकायत दर्ता गराउनेछन् अनि उनीहरूको जमीन फिर्ता गराउने प्रक्रिया शुरू गरिनेछ।

यस अवस्थामा धारा १४४ लाई कायम राख्नुको कुनै औचित्य छैन, किनभने मानिसहरूको अस्तुष्टिलाई पूर्णरूपले समाधान गर्ने प्रयास गरिँदैछ। यसबाहेक दुईजना महिला आईपीएस अधिकारीहरूको नेतृत्वमा पुलिसको जाँच पहिलादेखि नै भइरहेको छ जहाँ महिलाहरूले आफूमाथि भएको अन्यायविरूद्ध सिकायत दर्ता गराउन सक्नेछन्। यसैले धारा १४४ लाई चाँड़ै समाप्त गरिने सम्भावना छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *