एथलेटिक्समा स्वर्ण पदक जितिन् ज्योति र हरमिलनले

photocollage_2024218111850434.jpg

तेहरान (ईरान): भारतीय धाविका ज्योति याराजीले शनिवार तेहरानमा एशियन इण्डोर एथलेटिक्स च्याम्पियनशीपमा महिलाहरूका ६० मीटर वाधा दौड़मा स्वर्ण पदक जितिन्। उनले ८.१२ सेकेण्डको समय लिएर आफ्नै राष्ट्रिय रेकर्डमा सुधार गरिन्। सय मीटर वाधा दौड़मा २०२२ एशियन गेम्समा रजत पदक विजेताले गत वर्ष यसै स्पर्धामा ८.१३ सेकेण्डको आफ्नो सर्वश्रेष्ठ समय निकालेकी थिइन्। त्यस समय उनी उपविजेता रहेकी थिइन्। यसअघि २४ वर्षीय ज्योतिले ८.२२ सेकेण्डको समयसहित आफ्नो हीटमा शीर्ष स्थान हासिल गरी फाइनलको निम्ति क्वालीफाई गरेकी थिइन्। फाइनलमा उनले जापानकी असुका टेरेडा (८.२१ सेकेण्ड) भन्दा असल प्रदर्शन गरिन्। हंगकंगकी लुई लाई यियूले ८.२६ सेकेण्डको समयसहित तेस्रो स्थान हासिल गरिन्। ज्योति १०० मीटर वाधा दौड़मा वर्तमान एशियन आउटडोर च्याम्पियन हुन्। उनले गत वर्ष ब्यांककमा खिताब जितेकी थिइन्। उनले हांगझोऊ एशियन गेम्समा रजत पदक जितेकी थिइन्।
यसरी एशियाई खेलहरूमा दुईपल्टकी रजत पदक विजेता हरमिलन बेन्सले महिलाहरूकी १५०० मीटरमा चमत्कारी प्रदर्शन गरिन्। उनले ४ मिनट २९.५५ सेकेण्डको समयसहित भारतको निम्ति पहिलो स्वर्ण पदक जितिन्। यसले भारतको स्वर्ण पदकको संख्या गत वर्षको तुलनामा अधिक भएको छ, जहाँ तजिन्दरपाल सिंह तूर देशको निम्ति एकमात्र स्वर्ण पदक विजेता थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement