एसडीएफद्वारा चन्द्रमाया सुब्बाले लगाएका आरोपहरूको खण्डन

IMG-20230410-WA0169-11-300x172-2

गान्तोक: एसडीएफ पार्टी सरकारमा छँदा जिल्ला पञ्चायत उपाध्यक्ष, विधायक रहनुसँगै पार्टीको उच्च ओहोदामा विराजमान बन्नेहरू नै एसडीएफ सरकारमा नरहँदा दल बदल गरेर अफ्नै मातृ सङ्गठनलाई गाली गर्नु हास्यस्पद कुरा हो।

पूर्व विधायक चन्द्रमाया सुब्बाले दिएको बयानको जवाफमा एसडीएफले उक्त कुरा भनेको हो।

पूर्व विधायक सुब्बाले हिजो सत्ताधारी एसकेएम पार्टीको एउटा मञ्चबाट एसडीएफमाथि विभिन्न आरोपहरू लगाएकी थिइन्। उनको सो अरोपको एसडीएफ पार्टीले ठाड़ो खण्डन गरेको छ।

एसडीएफले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, एसकेएम पार्टी सरकारमा आउन हाम्रै पार्टीका नेता-नेतृहरू विरूद्धमा खाल-खालका बेनामी पर्चा वितरण गरेको हो। एसकेएम पार्टीले विपक्षीमा हुँदा पनि पवन चामलिङलाई बदनाम गराउन फेक मेरिज सर्टिफिकेट भाइरल गरेको सत्यता सबैलाई थाहा छ। त्यतिमात्र नभएर एसकेएम पार्टी सत्तामा पुगेर पनि एसडीएफ पार्टी अध्यक्षलाई बदनाम गर्न नेपाल नागरिकताको झुटो प्रचार गरे।

यस्ता उदाहरणहरूले एसकेएम पार्टीले नै बेनामी पर्चा बाडेको प्रमाणित हुन्छ। त्यसैले चन्द्र माया सुब्बाले अप्रमाणिक कुरा फैलाउनु अति निन्दनीय घटना हो। आफै सरकारमा रहँदा आफ्नै नेता र नेतृहरूलाई कुनै पार्टीले पर्चा छापिरहने सवाल नै उठ्दैन, एसडीएफले भनेको छ।

एसडीएफले अघि भनेको छ, नारी उत्थान र सम्मानका क्षेत्रमा एसडीएफका नेता पवन चामलिङले राष्ट्रमा नै उल्लेखनीय तथा अनुसरणीय कार्यहरू गरेका छन्। पञ्चायती राजमा नारीलाई पचासप्रतिशत सीट आरक्षण दिलाएर सथानीय सरकारमा नारी अस्तित्वलाई अनिवार्य गराउने पनि उनै पवन चामलिङ नै हुन्। उनै पवन चामलिङ नेतृत्वाधीन एसडीएफ सरकारले सन् २००८ मा नारीहरूलाई पैतृक सम्मपत्तिको हकदारी दिलाएको हो। ३३ प्रतिशत सीटको आरक्षण सरकारी नोकरीमा दिलाएर महिलाहरूलाई स्वावलम्बी बन्ने बाटो दिलाउने पनि एसडीएफ हो।

नारीवर्गलाई विधानसभाको अध्यक्षता दिलाउने पनि एसडीएफ नै हो। यो नारीवादी आन्दोलनको इतिहासमा अंकित सुन्दर तथ्य हो। कुनै चन्द्रमाया सुब्बाजस्ताहरूले आफ्नो स्वार्थको राजनैतिक रोटी सेक्न यस्ता तथ्यलाई छोप्न खोज्नु हत्केलाले सूर्य किरणलाई छोप्न खोज्नु जस्तै हो। एसडीएफ पार्टी सरकारमा पाँचपल्ट लगातार रहन पनि यी नै पीडित, अवहेलित, गरीब र प्रगतिवादी वर्गका मदताताहरूकै समर्थनले हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement