कालचिनी: आज सर्वत्र विश्व मानव तस्करी विरोधी दिवस पालन भईरहेको क्रममा कालचिनी खण्डको राईमाटाङ चियाबारीमा रुरल एड नामक एउटा स्वेच्छासेवी संस्थाको पक्षबाट स्थानीय किशोरी औ आईसीडीएस, आशा र एएनएम स्वास्थ्य कर्मीहरुलाई लिएर सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी रुरल एडको प्रोजेक्ट कोर्डिनेटर धीरज लेप्चाले दिएका छन।
आज उक्त अवसरमा उपस्थित विद्यार्थी किशोरीहरुलाई मानव तस्करी, नशा र सामाजिक कुप्रथा विरुद्ध सचेतना गराईएको थियो।
रुरल एडको स्टाफहरु सञ्जय लोहोरा, उजना मिञ्ज, रति लामा, पञ्चम उराँव र नित्यम घोषले चाइल्ड ट्राफिकिङ लिएर गाउँले औ उपस्थित विद्यार्थीहरुलाई सचेतना गराएको थियो।









