के नवजोत सिंह सिद्धुले कांग्रेस छोड्ने?

Navjot-Singh-Siddu

चण्डीगढ: के पूर्व क्रिकेटर र पंजाब कांग्रेसका पूर्व प्रमुख नवजोत सिंह सिद्धूले कांग्रेस छोड्ने छन्? नवजोत सिन्धुले भोलि अर्थात् १८ फरवरीमा यो प्रश्नको जवाफ दिन सक्छन्। कांग्रेस छोडेर भाजपामा सामेल हुने अनुमानका बीच नवजोत सिंह सिद्धुले हिजो पटियालामा पत्रकार सम्मेलन गरे। केही समययता सिद्धुले पार्टी छाड्ने अड्कलबाजी चलिरहेको थियो। पंजाब राज्य कार्य समितिको बैठकमा उपस्थित नहुने भन्दै उनलाई नोटिस पनि जारी गरिएको थियो। पंजाबमा राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खर्गेको र्‍यालीपछि नवजोत सिंह सिद्धुले अहिले पत्रकार सम्मेलन गरेका छन्। नवजोत सिंह सिद्धुले भाजपाबाट राजनीति शुरु गरेका थिए। पछि नवजोत सिंह सिद्धु कांग्रेसमा प्रवेश गरे। उनी पञ्जाब कांग्रेसको नेतृत्व गर्नु अघि चार पटक मन्त्री र लोकसभामा निर्वाचित भइसकेका छन्। नवजोत सिंह सिद्धुले लेखेका छन्, ‘म १८ फरवरीमा पटियालामा पत्रकार सम्मेलन गर्नेछुl’ उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका हुन्। नवजोत सिंह सिद्धुले पत्रकार सम्मेलनको समय १२:१५ बजे राखेका छन्। उनले यो पत्रकार सम्मेलन किसानको मुद्दामा हुने लेखेका छन्। यो पत्रकार सम्मेलनमा नवजोत सिंह सिद्धुले आफ्नो राजनीतिक भविष्यबारे पनि स्पष्ट पार्न सक्ने विश्वास गरिएको छ। लामो समयदेखि पंजाबको राजनीतिक सर्कलमा नवजोत सिंह सिद्धु भाजपामा सामेल हुने दाबी भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *