सिनिको आयोजनामा विश्व मानव तस्करी विरोधी दिवस पालन

कालचिनी: स्वेच्छासेवी संस्था चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको आयोजना औ कोहिनूर ग्राम पञ्चायतको सहयोगितामा आज अलिपुरद्वार २ नम्बर ब्लकको कोहिनूर एमएसके स्कूलका मैदानमा विश्व मानव तस्करी (बेचबिखन) विरोधी दिवस पालन गरिएको जानकारी सिनि कुमारग्राम ब्लक कोर्डिनेटर असित सिकदारले दिएका छन।

यस अवसरमा मानव तस्करी विरोधी ऱ्याली धौलाझोड़ा चियाबारीदेखि कोहिनूर चियाबारीसम्म निकालिएको थियो भने उक्त शिविरमा समुकतला थाना प्रभारी अभिषेक भट्टाचार्य लगायत कोहिनूर ग्राम पञ्चायतको प्रधान निलम मण्डल, सिनिको अलिपुरद्वार ब्लक कोर्डिनेटर असित सिकदार, ग्राम पञ्चायत सचिव मतियास टुडु , समाजसेवी शोभन देवनाथ एवम् अन्यान्य समाजसेवीहरुको उपस्थिति रहेको थियो।

शिविरमा गाउँमा नारी औ बच्चा बेचबिखनमा सक्रिय एजेन्टहरुको प्रलोभनमा नपर्ने र कुनै पनि असुविधा भए एनजीओ र पुलिस समक्ष गुहार लगाउने आह्वान पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement