भारत ३२२ रनको बढ़तसहित असल स्थितिमा

IMG-20240217-WA0155.jpg

राजकोट: आयोजक भारतले ओपनर यशस्वी जयसवालको शतकको सहायताले ईंग्ल्याण्ड विरुद्ध यहाँ जारी तेस्रो टेस्ट म्याचमा पहिलो ईनिंग्सको आधारमा १२६ रनको बढ़त हासिल गरेपछि आफ्नो दोस्रो ईनिंग्समा २ विकेटमा १९६ रन बनाएर समग्रमा ३२२ रनको बढ़त हासिल गयो। तेस्रो दिनको खेल समाप्त हुँदासम्म शुभमन गिल ६५ र कुलदीप यादव ३ रन बनाएर खेलिरहेका थिए। यसअघि शनिवार बिहान शुक्रवारको स्कोर २ विकेटमा २०७ रनदेखि अघि खेल्दै ईंग्ल्याण्डको पहिलो ईनिंग्स ३१९ रनमा समाप्त भयो। ईंग्ल्याण्डको तर्फबाट ओपनर बेन डकेटले सर्वाधिक १५३ रन बनाए। उनले १५१ बल खेलेर २३ वटा चौका र २ वटा छक्का लगाए। डकेटलाई छोड़ेर अरू कसैले पनि उल्लेखनीय रन बनाउन सकेनन्। भारतको तर्फबाट मोहम्मद सिराजले ४ विकेट हासिल गरे। यसबाहेक रविन्द्र जडेजा र कुलदीप यादवले २-२ विकेट लिए।

भारतको दोस्रो ईनिंग्समा शुरुवात खराब रह्यो अनि कप्तान रोहित शर्मा केवल १९ रन बनाएर जो रुटरो बलिंगमा एलबीडब्ल्यू आउट भए। त्यसपछि जयसवालले गिलसँग मिलेर मोर्चा सम्हाले। भारतका युवा ओपनरले जारी सीरीजमा आफ्नो दोस्रो शतक बनाए। दिनको अन्ततिर रिटायर्ड हर्ट हुने जयसवालले १३३ बल खेलेर ९ वटा चौका र ५ वटा छक्काको साथ १०४ रन बनाए। चोटले गर्दा उनले शतक पूरा गरेपछि खेल जारी राख्न सकेनन्। जयसवालले रोहित आउट भएपछि शुभमन गिलसँग मिलेर आसाधारण ब्याटिंग गरे। जयसवालले गिलसँग मिलेर दोस्रो विकेटको निम्ति १५५ रनको अटूट साझेदारी गरे। जयसवालले यसअघि दोस्रो टेस्टमा पनि २०९ रन बनाएका थिए। जयसवाल रिटायर्ड हर्ट भएपछि क्रीजमा आउने रजत पाटीदार चाहिँ खाता पनि नखोली स्पिनर टम हार्टलीको शिकार बने। त्यसपछि गिलले कुलदीप यादव (अविजित ०३) सँग मिलेर थप विकेटको पतन हुन दिएनन्। गिलले ६ वटा चौका र २ वटा छक्काको सहायताले १२० बल खेलेर अविजित ६५ रन बनाएका छन्। यसअघि आज बिहान ईंग्ल्याण्डले जो रुटलाई चाँड़ै गुमायो, जसले केवल १८ रन बनाए। उनलाई जसप्रीत बुमराहले बोल्ड गरे जबकि जनी बेयरस्टो शून्य रनमा कुलदीपको शिकार बने। त्यसपछि कप्तान बेन स्टोक्सले सामान्य लड़ाई गरे पनि ईंग्ल्याण्डले लगातार अन्तरालमा विकेट गुमायो, जसमा शतक बनाउने डकेटको विकेट पनि सामेल छ। ईंग्ल्याण्डको तल्लो क्रमलाई सिराजले निमट्यान्न पारे। स्टोक्सले ६ वटा चौकाको सहायताले १९ बल खेलेर ४१ रन बनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *