गान्तोक: सिङतामस्थित बरदाङमा आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हाम्रो संकल्पः विकसित भारत, पुष्पित सिक्किम कार्यक्रम अन्तर्गत प्रेरणा स्थलको भूमि पूजन गरे। उक्त योजना राजभवनको पहलमा आयोजना गरिएको हो।
उल्लेखनीय छ, गत ४ अक्टोबरको दिन आएको विनाशकारी बाढको चपेटमा परि कूल २२ जना सैनिकहरूले ज्यान गुमाएका थिए भने उनीहरूको स्मृतिमा प्रेरणा स्थल निर्माण गरिने भएको छ। देशलाई सर्वोपरि ठान्दै आफ्नो कर्तव्यमा खटिएका सैनिकहरूलाई सम्मान प्रदान गर्नको निम्ति राज्यपालले उक्त पहल शुरू गरेका हुन्।
भूमिपूजन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले देशको निम्ति वलिदान दिने तमाम सेनालाई नमन गर्दै राष्ट्रको प्रतिष्ठालाई संरक्षण गर्दै आफ्नो प्राणलाई आहुती दिने ती बीर सेनाहरूलाई शहीद शब्दले नमन गर्न सकिने बताए। जसले देशको समाज, संस्कृति र परम्परालाई बढावा दिने गर्दछन्, उनीहरूलाई सदैव स्मरण गर्न सकिने जानकारी गराए।

राज भवनको सोंच अनुसार देशको हितमा वलिदान दिनेहरूको निम्ति प्रेरणा स्थल बनोस् ताकि यहाँबाट नागरिकहरूले राष्ट्र भावनाको प्रेरणालाई लिएर सदैव अघि आउन सकोस् भन्ने उद्देश्यले यो पहल शुरू गरेको अवगत गराए। जब यो योजनाको निर्माण हुन्छ, तब सबैको निम्ति एक प्रेरणा बन्न सक्ने पनि राज्यपालले बताए।









