लोकसभा चुनाउ हुन ७२ घण्टापूर्व नै दुवै राज्यको सीमाना सील हुनेछ: डीएम
किशनगञ्ज: लोकसभा चुनाउ २०२४ को पृष्ठभूमिमा किशनगञ्ज-दार्जीलिह अन्तर्राजीय सीमावर्ती जिल्लाहरूको बैठक भीसीको माध्यमबाट सम्पन्न भयो।
बैठकमा ९ सूत्रीय एजेण्डामाथि चर्चा गरियो। किशनगञ्ज जिल्लाका दुईवटा खण्ड पोठिया र ठाकुरगञ्जको सीमाना बंगालस्थित दार्जीलिङ जिल्लासित गाँसिएको छ। बैठकमा यो निर्णय लिइयो, आगामी लोकसभा चुनाउ हुनभन्दा ७२ घण्टापूर्व नै दुवै राज्यको सीमानालाई सील गरिनेछ। किनभने किशनगञ्ज एवं दार्जीलिङ सीमावर्ती जिल्ला हो, मतदानको दिन आम मानिसहरूको मतदान एवं मतदान कार्यहरूको लागि आवागमन गर्दा समस्या उत्पन्न हुनसक्छ। मानिसहरूको आवागमनसित सम्बन्धित एक मानदण्ड प्रक्रिया चुनाउपूर्व तयार गर्नेमाथि पनि बैठकमा सहभति व्यक्त गरियो।
सीमामा सीमा वारि-पारि आउने व्यक्ति एवं वाहनहरूको गहन जाँच गरिनेछ ताकि कुनै पनि अप्रिय घटनादेखि बचाउन सकियोस्।









