खरसाङ: खरसाङको एक लोकल च्यानल नमस्ते खरसाङको आयोजनामा प्रत्येक महिनाको दोस्रो र चौथो सप्ताहमा आयोजना गरिने कानुनी सल्लाह कार्यक्रम अन्तर्गत यसपाली खरसाङको एक निजी स्कूल क्याम्ब्रिज अंग्रेजी स्कूलमा वरिष्ठ नागरिकहरूलाई लिएर सम्पन्न गरिएको छ। उक्त कानुनी सल्लाह कार्यक्रमलाई नमस्ते खरसाङको निर्देशक निर्मल गुरुङले सञ्चालन गरेका थिए। कार्यक्रममा वरिष्ठ नागरिकहरूको विभिन्न समस्याहरूलाई साक्षात्कारसहित कानुनी सल्लाह प्रदान गरिएको छ।

कार्यक्रममा वरिष्ठ नागरिकहरूले भोग्दै आएका विभिन्न समस्याहरू र कानुनी अड़चनहरू साथै विभिन्न प्रश्नहरूको उत्तर अधिवक्ता रमेश अग्रवालले दिएका थिए। उनले वरिष्ठ नागरिकहरूका विभिन्न समस्याहरू विषयमा पनि सर सल्लाहहरू र समाधान गर्न सहयोग गर्ने वचन दिएका छन्। यस कार्यक्रम विषयमा निर्मल गुरुङले विस्तृत रूपमा बताएका छन्।