खरसाङका स्रष्टा जय प्रकाश लामाककृत कथा संग्रह ‘विस्मृतिमा- केही कथा, केही अकथा’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न

IMG-20240217-WA0146.jpg

खरसाङ: खरसाङका स्रष्टा जय प्रकाश लामाककृत कथा संग्रह ‘विस्मृतिमा- केही कथा, केही अकथा’ माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। खरसाङको ब्लुमफिल्ड महकुमा पुस्ताकालय भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता असीत राई स्मृति साहित्यिक मञ्चका अध्यक्ष ऋषि राईले गरेका थिए भने सञ्चालन कवि दिल थापाले गरेका थिए। कार्यक्रममा स्वागत वक्तव्य राख्दै मञ्चका सचिव दिपक ठटालले असित राई स्मृति साहित्यिक मञ्च गठन गर्नुको उद्देश्य, असीत राई साहित्यिक मञ्चले अहिलेसम्म गरेका कार्यहरू अनि असीत राई स्मृति ग्रन्थ प्रकाशनको लागि भएको अहिलेसम्मको प्रगतिको बारेमा बताएता छन्। मासिक साहित्यिक प्रकरणको आरम्भ अध्यक्ष ऋषि राई अनि कार्यक्रमकी प्रमुख अतिथि साहित्य अकादमी नेपाली भाषा परामर्श समितिकी सदस्या आशा मुखिया लामाको बाहुलीबाट केक काटेर गरिएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा समाजसेवी टीटी लामा, गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ ‘निरुपम’ उपस्थित रहेका थिए। मासिक साहित्यिक प्रकरण अन्तर्गत कवियत्री रचिता छेत्री अनि कवि उदय दुमीले स्वरचित कविता वाचन गरेका थिए। साहित्यकार जय प्रकाश लामाको कथा संग्रह ‘विस्मृतिमा – केही कथा, केही अकथा’ माथि अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा विशिष्ट अतिथि तथा नाटककार पूर्ण गुरुङ निरुपम, कार्यक्रम अध्यक्ष तथा साहित्यकार ऋषि राई, कवि तथा गोजपुका सचिव विनोद रसाइली, साहित्यकार देवराज मुखिया, व्यङ्‌ग्यकार सुदर्शन अम्बटेले अंशग्रहण गरेका थिए। यस कार्यक्रमलाई रचना राई अनाकारले सञ्चालन गरेकी थिइन्‌। अन्तरक्रियापछि सबै सहभागीहरूले नेपाली साहित्यमा कथा लेखनको नयाँ परीपाटी शुरु भएको ठहर गर्दै यस कथा संग्रहलाई एउटा उत्कृष्ट कथा संग्रहको रुपमा लिन सकिने बताए। अन्तरक्रियामा सहभागीहरूले जयप्रकाश लामाबाट यस प्रकारको सृजन आगामी दिनमा पनि अपेक्षा गरिएको पनि बताए। कथाकार जय प्रकाश लामाले आफ्नो कथामा समाहित विषय वस्तु र कथाकारितालाई प्रष्ट्याउदै सहभागीहरूले विविध पक्षको बारेमा सोधेका प्रश्नको उत्तर दिएका थिए। यस कार्यक्रममा आफ्नो वक्तव्य राख्दै प्रमुख अतिथि आशा मुखिया लामाले भनिन्‌, साहित्यिक कार्यक्रमहरूमा जसलाई रुची हुन्छ उनी जसरी भए पनि आउँछन्‌ तर जसलाई रुची नै हुँदैन उसलाई जति नै बोलाए पनि आउँदैनन्‌। साहित्य अकादमीका महत सदस्य असीत राईको विषयमा अझ धेरै काम गर्नुपर्छ भन्ने लागेको छ भनी बताइन्। उनले असीत राई स्मृति साहित्यिक मञ्चको स्थापना एउटा ऐतिहासिक काम भएको बताउँदै असीत राई स्मृति साहित्यिक मञ्चले प्रकाशन गर्न लागेको असीत राई स्मृति ग्रन्थ समयमा प्रकाशित हुने कुरोमा विश्वास प्रकट गरिन्। उनले खरसाङमा धेरै वरिष्ठ र सशक्त हस्ताक्षरहरूलाई पनि मञ्चले स्मृति ग्रन्थ प्रकाशन गर्दैछ भने उनीहरूलाई पनि सुयोग प्रदान गरिनुपर्छ भनी बताइन्।कार्यक्रममा विशिष्ट अतिथि टीटी लामा लगायत अन्यले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा कथाकार जयप्रकाश लामालाई कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि अनि उपस्थित साहित्यकार, कवि, साहित्यानुरागीहरूले खदा लगाएर सम्मान जनाएका थिए। कार्यक्रममा आफ्नो अध्यक्षीय सम्भाषणमा ऋषि राईले अध्यक्षीय सम्बोधन राखेका थिए। कार्यक्रममा कवि उमेद गोलेले धन्यवाद ज्ञापन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *