पैदल यात्रा गरी सहयोग खोज्दै हिँडेका खरसाङका वृध्दलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान

IMG-20240217-WA0144.jpg

खरसाङ: पाँच घण्टा खरसाङबाट पैदल यात्रा गर्दै दार्जीलिङ पुगेका खरसाङ निवासी गौतम दोङलाई विधायक निरज जिम्बाले आर्थिक सहयोग गरेका छन्। उनी दार्जीलिङ सांसद कार्यालय पुगेका थिए। वृद्ध गौतम दोङको आर्थिक अवस्था कमजोर रहेका कारण गाडी भाडा समेत नभएका कारण पैदल यात्रा गर्नु बाध्य बनेको उनले जनाएका छन्। आफ्नो तेह्र बर्षकी छोरी बिरामी अवस्थामा रहेका छन्। उनलाई उपचार गराउनको निम्ति पैसा समेत नभएको कारण पैदल यात्रा गर्दै सांसद कार्यालयमा पुगेको उनले जनाएका छन्। यसै क्रममा विधायक निरज जिम्बा उक्त समयमा अफ्नो निजी कार्य लिएर सांसद कार्यालय दार्जीलिङ पुगेका थिए। विधायक निरज जिम्बालाई प्रष्ट रुपले चिन्ने पनि उनले जनाएका थिए। विधायक निरज जिम्बा धेरै जाडो भएको कारण टोपी अनि मफलर ओडेर बसेको कारण आफ्नै छेउमा उभ्दा पनि उनले चिन्न सकेका थिएनन्। पछि गएर उनले विधायक निरज जिम्बालाई चिन्न सके। उनकै भनाइ अनुसार विधायक निरज जिम्बाको सामाजिक कार्य, असाहयहरुलाई गरेको सहयोगको बारेमा उनलाई जानकारी रहेको गौतम दोङले जानकारी गराउदै भने, विधायक निरज जिम्बालाई सांसद कार्यालयमा भेट्नु पाउँदा खुशी छु। मैले आफ्नो सम्पूर्ण दु:खेसो पोखे। उनले मलाई सम्पूर्ण कुरामा सहयोग पुर्‍याउने वाचा गर्दै सहयोगको निम्ति १०,००० हजार (दश) रुपियाँ नगदराशि सहयोग प्रदान गर्दै प्रत्येक महिना ५,००० (पाँच हजार) रुपियाँ वृद्ध भत्ता समेत दिने वचन दिएका छन्। आफू वृद्ध अवस्थामा पुगेको आफ्नो परिवारको पेट पाल्नु समेत नसक्ने अवस्थामा रहेको कारण उनले धेरैलाई सहयोगको पनि गरेका थिए। तर कतैबाट पनि सहयोग प्राप्त नभएपछि आफू पैदल यात्रा गर्दै सांसद कार्यालय पुग्न बाध्य भएको गौतम दोङले जनाएका छन्। विधायक निरज जिम्बाद्वारा सहयोग प्राप्त भएकोमा उनले आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement