दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले सांगठनिक विस्तारको अभियानलाई जारी राख्दै समष्टिहरुमा सांगठनिक गतिविधिलाई अघि लगिरहेका छन्। यसै क्रममा दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत पोख्रेबुङ नागरी समष्टिमा सांगठनिक सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। समष्टि अध्यक्ष निगम कार्कीको अध्यक्षतामा बसेको सांगठनिक सभामा समष्टिका सम्पूर्ण भ्रातृ संगठनका प्रतिनिधिवर्ग एवं गोरामुमो कार्यकर्ताहरु उपस्थित थिए।सभामा समष्टिलाई बलियो बनाउन साथै अध्यक्ष मन घिसिङको हातलाई बलियो बनाउनको निम्ति व्यापक छलफल गरेको दार्जीलिङ ब्राञ्च कमिटीका सदस्य मनोज राईले सभापछि आफ्नो विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्।उनले थप जानकारी गराए अनुसार गोर्खाहरुको मुद्दा लक्ष्य हासिल गर्ने अध्यक्ष मन घिसिङको हात बलियो बनाउनको निम्ति दह्रिलो भएर कार्य गर्नेछौं। चौधवटा शाखाका अध्यक्ष/सचिव लगायत भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिररूको उपस्थिति रहेको सभामा अब मुद्दा पार नलागेसम्म समष्टि लागि पर्ने र अझैसम्म जाति हितको निम्ति कार्य गरिरहेको मनोज राईले जानकारी दिएका छन्। उनले थप जानकारी दिए अनुसार आगमी २५ फरवरी २०२४ को दिन समष्टिले दोस्रो सांगठनिक सभाको आयोजना गर्नेछ र उक्त दिन शाखा प्रशाखाहरुमा संगठनको गतिविधिहरुको जानकारी लिइने छ भनी मनोज राईले जानकारी दिएका छन्।