टिस्टा आपदामाथि अनित थापाको अपरिपक्व बयानमा उनको अपरिपक्वता तथा लाचारीपन छर्लङ्ग देखियो: भाजपा

IMG-20240217-WA0139.jpg

दार्जीलिङ: टिस्टा आपदामाथि जीटीए चेयरमैन अनित थापाको अपरिपक्व बयानमा उनको अपरिपक्वता तथा लाचारीपन छर्लङ्ग देखियो भनी भाजपाले आरोप लगाएका छन्। भाजपाको पक्षमा राज्य सदस्य सञ्जीव लामाले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘के जीटीए र कार्यपाल अनित थापाको लाचारीपन र नकारापनमाथि जमिनी स्तरबाट उब्जेको प्रश्नहरूको जवाफदेही उनीहरू छैनन्?’ उनले अघि भने, सर्वप्रथम त चेयरमैन अनित थापाले शासन प्रणाली र पार्टीगत राजनीतिमाथि आफ्नो सोँच बदलिनुपर्छ। टिस्टा आपदामाथि अनित थापालाई प्रजातान्त्रिक मोर्चाको हैसियतमा होइन तर एक गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रशासक प्रमुख भएको कारणले उनको कार्यशैलीमाथि प्रश्न उठेको हो। जसरी हिमाली राज्य सिक्किममा आपदाको समय मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको सिक्किम सरकारले जुन हिसाबले बाढ़ग्रस्त क्षेत्र र पिढितहरूको पक्षमा तत्काल कार्यवाही गर्दै पिडितहरूलाई उद्धार गरे, क्षय-क्षतिको लेखा-जोखा गर्दै तत्काल आपदा घोषित गरे अनि क्षतिपूर्तिसमेत दिन शुरू गरे। उसरी नै हाम्रो दार्जीलिङका क्षेत्रीय सरकार जीटीए, जिल्ला प्रशासन र राज्य सरकारले पनि गर्न सक्ने थिए। तर तथाकथित विकासको चोला ओडेका जीटीए चेयरमैन र सभासदहरू आफ्नो राजनीति चम्काउनुबाहेक धेर केही गरेनन्। एक क्षेत्रीय प्रशासनको हैसियतमा जीटीएले के गरे साधारण प्रश्न त यही हो जो सहि पनि त हो।’
भाजपा नेता लामाले अझ भने, ‘बाढ पिडितहरूलाई राहत सामग्री वितरणदेखि आर्थिक सहयोग त जिल्लाको सबै व्यक्ति, समाजहरूले गरेका हुन्। बाढ़ग्रस्त क्षेत्रको हिलो सोर्ने काम सबै लागेर नै गरेका हुन् त। यति हो प्रजातान्त्रिक मोर्चाले जस्तो विज्ञापन चाहि अन्य व्यक्ति र संघ संस्थाहरूले गरेनन्। अब उसो हो भने जनतालाई चेयरमैन अनित थापाले एउटा कुरोको उत्तर इमानदारितापूर्वक दिऊन् – टिस्टा संलग्न बाढ़ग्रस्त क्षेत्र राष्ट्रिय आपदा हो कि होइन? यदि हो भने जीटीए र राज्यको तृणमूल सरकारले हाम्रो क्षेत्रलाई आपदा घोषणा नगर्नुको पछिको मुख्य कारण के हो? के केन्द्र सरकारबाट राज्य सरकारलाई आउने आवान्टित आपदा राशिमा हाम्रो मानीसहरूको अधिकार छैन्? कि ७५००० /- पचत्तर हजार रूपैँयाले नै आपदा पिढितहरूले चित्त बुझाउनुपर्ने?
गत अक्टोबर महिनामा गएको बाढीले टिस्टा क्षेत्रलाई जुन व्यापक क्षति भएको छ। अब आउने बर्खा यामको खतरालाई जीटीएले कसरी लिएको छ र हाम्रा मानिसहरूको ज्यानमालको सुरक्षा हेतु जिटिएकोमा खाका (Blueprint)कस्तो छ?
उक्त गम्भीर विषयमा के जिटिए उत्तरदायी छ कि छैन?’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *