नेपालको पोइट आईडल सिजन दुईको टप चौधमा तीनधारेका कवि अनिल ब्राह्मण

IMG-20240217-WA0132.jpg

खरसाङ: तीनधारेका युवा कवि अनिल ब्राह्मण उर्फ गोर्खे चार्ली नेपालमा भईरहेको पोइट आईडल सिजन दुईमा पुगेका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारेको सत्र माइल निवासी कवि अनिल ब्राह्मण (गोर्खे चार्ली) नेपालको पोइट आईडल सिजन दुईके टप चौधमा पुग्न सफल बनेका छन्। उनी दार्जीलिङको दुईवटा अडिसनहरू पार गरेर पोइट आईडलको टप चौधमा पुग्न यफल बनेका छन्। हालमा कवि अनिल काठमाण्डौंमा पोइट आईडलमा रहेका छन्। कवि अनिल ब्राह्मणले पहिलेबाटै दुईवटा कविताहरू ‘विद्रोहीका विद्रोहहरू’ र ‘मिठाईको खोल’ प्रकाशित छन्। उनी कविको साथै हाँस्य कलाकार, नाटककार पनि हुन्। उनले कलाकारको रूपमा धेरै काम गरिसकेका छन्। हालमा नेपालको पोइट आईडलको सिजन २ को टप चौधमा पुगेर तीनधारे लगायत दार्जीलिङ पहाड़लाई गौरान्वित बनाएका छन्। अब पोइट आईडलमा भोटिङको पनि आवश्यकता पर्ने हुनाले उनले सबैलाई सहयोगको लागि अपिल पनि गरेका छन्। उल्लेखनीय छ यसपाली नेपालको पोइट आईडल सिजन दुईमा खरसाङको तीनधारेबाट कवि अनिल ब्राह्मणसितै कालेबुङबाट कवि विशाल नाल्बो, सिक्किमको नाम्चीबाट कवि सिमियोन सुकिता राई र रानीपुल सिक्किमबाट सबिना राई पनि पुगेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *