खरसाङ: पूर्व नगर पार्षदिका देवकी प्रधान सुब्बालाई नारी शक्ति खरसाङ टाउन कमिटीको संयोजिका चयन गरिएको छ। भागोप्रमो केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको लिखित आदेश अनुसार सबिता कार्कीको अध्यक्षतामा सञ्चालन भइरहेको भागोप्रमो नारी शक्ति टाउन कमिटीलाई सांगठनिक संरचना सुदृढीकरणको निम्ति विघटन गर्न भागोप्रमो खरसाङ महकुमा समितिमार्फत भागोप्रमो नारी शक्ति केन्द्रिय अध्यक्षालाई पत्रचार गरिएको थियो। त्यही लिखित आदेश अनुसार खरसाङको महकुमा पार्टी कार्यालयमा महकुमा सभापति सुभाष प्रधानको अध्यक्षता अनि महासचिव प्रणाम रसाईलीको सञ्चालनमा एक जरूरी सभा सम्पन्न भयो। यसै सभामा वार्ड नम्बर १९ को पूर्व वार्ड पार्षदिका देवकी प्रधान सुब्बालाई खरसाङ टाउन कमिटी नारी शक्तिकोे संयोजिका (कोर्डिनेटर) को पदभार सुम्पिइएको छ। उनलाई नियुक्ति पत्र नारी शक्ति केन्द्रिय अध्यक्षा अनु छेत्री प्रधानको बाहुलीबाट प्रदान गरियो। यस सभामा उपस्थित सम्पूर्ण नेतृत्वगणले केन्द्रीय अध्यक्षकोे आदेश अनि संगठनकाे कार्यप्रणालीलाई समर्थन गरे भने सभामा विशेष रूपले २८ नम्बर समष्टि सभासद श्याम शेर्पा, केन्द्रीय समिति सदस्य साथै युवा शक्ति सभापति पेमेन्द्र गुरुङ, नारी शक्ति केन्द्रिय समिति सदस्य जैतून निशा, २९ नम्बर समष्टि मूलसचिव भक्तिमान तामाङ, टाउन कमिटि सभापति राजु शर्मा, कार्यवाहक अध्यक्ष सन्दिप बल, कार्यवाहक सचिव बिरबल पाखरीन, सह सचिव संजय मुखिया, सांगठनिक सचिव रन्जन गजमेर, मुख्य सल्लाहकार भोला राउत, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्यहरू उपस्थित रहेका थिए।