भारतीय जनता पार्टीले अहिले देशमा हिटलरले जस्तै तानाशाही शासन चलाईरहेको छ: पेम्बा रिम्पोर्छे

IMG-20240217-WA0128.jpg

खरसाङ: भारतीय जनता पार्टीले अहिले देशमा हिटलरले जस्तै तानाशाही शासन चलाईरहेको साथै गोर्खाहरूलाई पनि १५ वर्षमा केही नदिएकोले यसपालीको लोकसभा चुनावमा जुन पार्टीले गोर्खाहरूको समस्या समाधान गर्न पहल गर्छ उसलाई नै भोट दिएर जिताउने आह्वान् बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गरेका छन्। अाज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अहिले देशमा भाजपाले जे चाहे त्यही हुने र हिटलरले जस्तै तानाशाही रूपमा शासन चलाईरहेको आरोप लगाएका छन्। उनले भाजपाले अहिले धर्मको नाममा राजनीति गरेर देशमा रहेका अल्पसंख्यकहरूमाथि अत्याचार गरिरहेको र मंहगाई पनि बढेर गएको साथै भाजपा सरकारले केवल उद्योगपतिहरूका लागि मात्रै काम गरिरहेको तर साधारण जनताको लागि केही नगरेको आरोप लगाएका छन्। रिम्पोर्छेले भाजपाले १५ वर्षमा गोर्खाहरूको लागि पनि आश्वासनबाहेक केही नगरेको अनि केवल झूटो आश्वासन मात्रै दिएको बताउँदै यसपालीको लोकसभा चुनावमा गोर्खाहरूको समस्या समाधान गर्नेलाई नै समर्थन गरेर जिताउने बताएका छन्। पेम्बा रिम्पोर्छेले पत्रकारहरूसित कुराकानी गर्दै भने, भाजपाले गोर्खाहरूको लागि दिने भनेको केही होइन रैछ। अब सबैलाई थाहा भयो कि भाजपाले केवल ढाट्नसम्म ढाटेको छ। जम्मु कश्मीरलाई जस्तै दार्जीलिङ पहाड़ र तराई डुवर्सलाई मिलाएर केन्द्रशासित प्रदेश बनाउन सक्ने थियो तर भाजपाले गोर्खाहरूलाई केही दिएन। भाजपाले देशमा केवल उद्योगपतिहरूलाई मात्रै सहयोग गरिरहेका छन् तर साधारण जनता भने समस्यामा नै रहेका छन्। भाजपाको शासनमा जनताले केवल दु:ख मात्रै पाएका छन्। यता पहाड़मा झनै भाजपाले केही गरेन। भाजपाले अल्पसंख्यकहरूलाई झनै गन्नु छोड़ेको छ। अल्पसंख्यकहरूका लागि भाजपा तानाशाही बनेको छ।’
एक प्रश्नको उत्तरमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले भने, ‘म भाजपामा हुँदा पनि भाजपाको कतिपय गल्तीहरू देखाउने गरेको र म आफै पनि कालोलाई कालो र सेतोलाई सेतो भन्ने व्यक्ति हुँ।’
पत्रकारहरूले लोकसभा चुनाव विषयमा सोधेको प्रश्नको उत्तरमा उनले भने, ‘हामीले लोकसभामा चुनावमा कसै न कसैलाइ समर्थन गर्नैपर्छ। तर यसपाली दार्जीलिङ पहाड़ र तराई डुवर्सको जनताले बुझ्नुपर्छ कि गोर्खाहरूका समस्या समाधानको लागि जसले बोल्छ वा समाधानको लागि पहल गर्छ उसैलाई समर्थन गर्नुपर्छ। यसपाली पार्टीलाई होइन तर सांसदको लागि योग्य व्यक्तिलाई भोट दिएर जिताएर पठाउनुपर्छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement