इस्लामपुर: इस्लामपुर थानाका एकजना पुलिस कन्स्टेबलको उच्च माध्यमिक परीक्षाको ड्यूटीमा जाने क्रममा सड़क दुर्घटनामा परी मृत्यु भयो। यस घटनामा अर्को एकजना पुलिसकर्मी घाइते भएका छन्।
घटनाा आज इस्लामपुर थाना अन्तर्गत ईशाननगर क्षेत्रमा भएको हो। घाइते कन्स्टेबललाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जसको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार मृतक कन्स्टेबलको नाम सौविक साव (२५) हो। उनको घर हुगलीको आरामबाग थानाको खानाकुल क्षेत्रमा छ। यस घटनामा तपन दास (२६) नामक अर्को कन्स्टेबल गम्भीर रूपमा घाइते भएका छ जो उत्तर २४ परगना जिल्लाको मछलंदपुर क्षेत्रका निवासी हुन्।
पुलिस सूत्र अनुसार शनिवार बिहान दुईजना कन्स्टेबल सौभिक र तपन उच्च माध्यमिक परीक्षाको ड्यूटीको निम्ति गोपीनाथपुर क्याम्पदेखि इस्लामपुरको पमाईपुर हाई मदरसा तर्फ गइरहेका थिए। बाटोमा बाइक रोकेर दुवैले पिसाब गरिरहेका थिए, त्यैबेला उक्त बाटो भएर गुज्रिरहेको कुखुराहरूले भरिएको पिकअप भ्यानले नियन्त्रण गुमाएर दुवैलाई भयानक ठक्कर दियो। सौभिकको घटनास्थलमै मृत्यु भयोभने तपनलाई रगताम्मे अवस्थामा इस्लामपुर अस्पतालमा पुऱ्याइयो। स्थिति गम्भीर भएपछि तिनलाई मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा रेफर गरियो।
सूत्र अनुसार बिहान कुहिरो लागेको कारणले यो दुर्घटना भएको हो। मृतकको शवलाई पोस्टमर्टमको लागि पठाइएको छ। घातक पिकअप भ्यानलाई पुलिसले जफत गरेको छ। भ्यानका चालक भने घटनास्थलबाट भागे।