घर फर्किए भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार

1200-675-20772922-459-20772922-1708159106113.webp

काेलकाता: पश्चिम बंगाल भाजपा अध्यक्ष डा. सुकान्त मजुमदार शनिवार स्वस्थ भएर अस्पतालदेखि घर फर्किए। शनिवार उनलाई कोलकाताको एक गैरसरकारी अस्पतालबाट छुट्टि दिइयो। अस्पतालबाट बाहिर आउँदा सुकान्त मजुमदारले त्यहाँ उपस्थित मानिसहरूलाई संकेत गर्दै आश्वास्त पारे, अब उनी स्वस्थ भएका छन्। सुकान्त मजुमदार गत १४ फरवरीको दिन सन्देशखाली जाने क्रममा उत्तर २४ परगनाको बशिरहाटमा पुलिससित भएको झड़पमा घाइते भएका थिए। पुलिस अनि भाजपा कार्यकर्ताहरूबीच झड़प भएपछि पुलिसले लट्ठीचार्ज गरेको थियो जसमा सुकान्त मजुमदार घाइते भए। त्यै दिन उनलाई अस्पतालमा भर्ती गरिएको थियो। अस्पतालमा मिथुन चक्रवर्ती, दिलीप घोष, सौरभ गांगुली आदि सुकान्तलाई हेर्न पुगेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *