दार्जिलिङ: एडवार्डस् फाउन्डेसनको तर्फबाट आज दार्जिलिङ जिल्लाको समरिकपानी पोख्रेबुङका ५० जना नानीहरूलाई दार्जिलिङ चिडियाखाना घुमाउन लगियो। एडवार्डस् फाउन्डेसनले धेरै यस्तो कार्य बिगतमा पनि गरि सकेको छ। उक्त ५० जना नानीहरूलाई चिडियाखाना साथै एचएमआईको भ्रमण गर्नमा सहयोग गरेकोमा कप्तान जय किशन साथै सम्पूर्ण सम्बन्धित अधिकारीलाई एडवार्डस् फाउन्डेसनको तर्फबाट कृतज्ञता प्रकट गरेको छ।










