पीभी सिन्धु हारे पनि भारतीय महिला टीम इतिहास रच्दै फाइनलमा

IMG-20240217-WA0125.jpg

शाह आलम (मलेशिया): भारतीय महिला टीमले रोमाञ्चक सेमिफाइनलमा दुईपल्टको पूर्व च्याम्पियन जापानलाई ३-२-ले पराजित गरी आफ्नो स्वर्णिम अभियान जारी राख्दै पहिलोपल्ट ब्याडमिण्टन एशिया टीम च्याम्पियनशीपको फाइनलमा स्थान बनायो। तृषा जली र गायत्री गोपीचन्दकी विश्वकी २३औं नम्बरकी जोड़ीले पहिलो युगल, विश्वकी ५३औं नम्बरकी खेलाड़ी अस्मिता चालिहाले दोस्रो एकल अनि १७ वर्षीय अनमोल खरबले निर्णायक एकल म्याच जितेर भारतलाई फाइनलमा पुऱ्याइन्। भारतीय महिला टीमले आइतवार खेलिने फाइनलमा थाईल्याण्डको चुनौती स्वीकार्नेछ। जापानको टीम अकाने यामागुची (विश्वकी चौथो नम्बरकी खेलाड़ी), युकी फुकुशिमा र सयाका हिरोता ( विश्वकी सातौं नम्बरकी जोड़ी) र मायु मातसुमोतो र वकाना नागाहारा (विश्वकी आठौं नम्बरकी जोड़ी) बिना खेलिरहेको थियो तर पनि उनीहरूले भारतीय टीम समक्ष कड़ा चुनौती पेश गरिन्।
चोटले गर्दा लामो समयपछि खेलमा फर्किने पीभी सिन्धुले पहिलो एकल म्याचमा अया ओहोरी विरुद्ध १३-२१, २०-२२-ले हारको सामना गर्नु पऱ्यो। दोस्रो गेममा सिन्धुले असल प्रदर्शन गरे पनि जापानकी खेलाड़ीलाई रोक्न सकिनन्। तृषा र गायत्रीले पहिलो युगलमा असल प्रदर्शन गर्दै नामी मातसुयामा र चिहारु शिडाकी विश्वकी छैटौं नम्बरकी जोड़ी विरुद्ध ७३ मिनटमा २१-१७, १६-२१, २२-२०-ले रोमाञ्चक जीत हासिल गरी भारतलाई १-१-को बराबरीमा पुऱ्याइन्। अस्मिताले पनि पूर्व विश्व च्याम्पियन नोजोमी ओकुहारा (२०औं ऱ्याङकिंग) विरुद्ध आक्रामक खेल देखाइन्। यस भारतीयले क्रस शट् र स्म्याशको असाधारण प्रयोग गर्दै २१-१७, २१-१४-ले जीत हासिल गरी भारतलाई २-१-को बढ़त दिलाइन्। त्यसपछि दोस्रो युगलमा तनीषा क्रास्टोलाई चोट लागेको हुनाले सिन्धुले अश्विनी पोनप्पासँग जोड़ी बनाइन् तर रेना मियायूरा र अयाको साकुरामोटोकी विश्वकी ११औं नम्बरकी जोड़ी विरुद्ध ४३ मिनटमा १४-२१, ११-२१-ले पराजित भइन्। यसरी दुई टीम २-२-को बराबरीमा पुग्यो। त्यसपछि निर्णायक एकलमा अनमोलमाथि विश्वकी २९औं नम्बरकी खेलाड़ी नातसुकी निडायरालाई पराजित गर्ने जिम्मेवारी थियो, जसमा भारतीय खेलाड़ीले आशानुरुप प्रदर्शन गर्दै ५२ मिनटमा २१-१४, २१-१८-ले जीत हासिल गरी भारतलाई पहिलोपल्ट फाइनलमा पुऱ्याइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *