सिलगढी: सिलगढीको एउटा साड़ीको दोकानमा आगाेलागी हुँदा दोकानको सबै समानहरू जलेर खरानी भएको छ। घटना सिलगढीको सेभोक रोडस्थित सेठ श्रीलाल मार्केटको एउटा बहुतले भवनमा भएको हो। घटनाको खबर पाएर दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो । प्राप्त जानकारी अनुसार सेभोक रोडस्थित एउटा बहुतले भवनमा रहेको एउटा होटलको मालिकले गत राति होटल बन्द गर्न जाँदा धुँवा निस्केको देखेपछि तिनले यताउता हेर्दा होटल नजिकै रहेको एउटा साडी दोकानमा आगो लागेको देखे। यसपछि तिनले आगलागीबारे दमकल विभागलाई खबर दिएपछि दमकलको दुईवटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थल पुगे। के कारणले गर्दा उक्त आगलागी भएको भन्नेबारे हालसम्म थाहा लागेको छैन। अर्कोतिर, आगलागीको खबर पाएर सिलगढी नगरनिगमका डेपुटी मेयर रञ्जन सरकार, विरोधी दल नेता अमित जैन, वार्ड पार्षद मञ्जु पाल सहित अन्य नेताहरू घटनास्थलमा पुगे।









