बगांल: सुक्खा पोखरीमा फेला परेको कंकालको डीएनए परीक्षण गर्ने

3545191-31.webp

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको एउटा सुक्खा पोखरीमा शुक्रबार बिहान एक पुरुषको कंकाल फेला परेको छ ।पुलिसले कंकाल बरामद गरी मृतकको पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी गरेको छ ।गत अक्टोबरदेखि बेपत्ता एक निजी सुरक्षा गार्डका परिवारका सदस्यले कंकाल उनको नै हुन सक्ने आशंका गरेका छन् ।स्रोतका अनुसार शुक्रबार बिहान कालियागञ्ज पुलिस थाना क्षेत्रको टिन्डीपीका बासिन्दाले उक्त कंकाल देखेको हो । पोखरी सुकेपछि कंकाल पोखरीमा भेटियो ।छिमेकी क्षेत्र पालिहारका निवासी मुख्तार अलीले यो आफ्नो भाइको कंकाल हुन सक्ने बताए ।”मेरो ४० वर्षीय भाइ मोहसिन अली गत वर्ष अक्टोबर १ मा बेपत्ता भएका थिए र अहिलेसम्म पत्ता लाग्न सकेको छैन। कंकालको बारेमा थाहा पाएपछि म थाना पुगेँ । कंकालको कम्मरमा बेल्ट थियो। जुन मेरो भाइले लगाएको थियो।’ मोख्तरले भने, ‘हाम्रो आशंका साँचो हो वा होइन भनी पत्ता लगाउन पुलिसले डीएनए परीक्षण गरोस् भन्ने चाहन्छौं।
उनले भने, मोहसिन निजी सुरक्षा गार्डको रूपमा काम गर्थे। “उसको कसैसँग शत्रुता थियो वा छैन थाहा छैन तर श्रीमतीसँग राम्रो सम्बन्ध थिएन। हत्या गरी पोखरीमा फालिएको हुनसक्ने आशंका छ,” भाइले भने।
लगत्तै मोहसिनकी श्रीमती नूरजहाँ खातुन पनि पुलिस थाना पुगिन्। श्रीमान् पाँच महिनादेखि बेपत्ता रहेको उनले बताइन्। “मलाई पनि शंका छ कि यो मेरो श्रीमानको कंकाल हुन सक्छ।उनको हत्या भएको देखिन्छ। पुलिसले सत्यतथ्य पत्ता लगाओस् भन्ने चाहन्छु,’ खातुनले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement