नगाउँ: चापरमुखमा पुलिसले ड्रग्ससितै तीनजना तस्करहरूलाई पक्राउ गरेको छ। पुलिसले आज बतायो, बितेको शुक्रवार राती चापरमुख पुलिसले गुप्त सूचनाको आधारमा छापा माऱ्यो अनि हेरोइनले भरिएका दशवटा साबुनदानी सहित तीनजना नशा तस्करहरूलाई पक्राउ गर्न सफल भयो।
पक्रा परेका तीनै ड्रग्स तस्करहरूको पहिचान जरिना खातून, निजाम उद्दीन र बहारूल इस्लामको रूपमा भएको छ भने यी तीनैजना नगाउँको रूपही निवसी रहेको बताइएको छ।ड्रग्स तस्करहरूले सिलचरबाट ट्रेन मार्फत ड्रग्सको आपूर्ति गरिरहेका थिए। चापरमुख रेलवे स्टेशनमा उत्रेर यिनीहरू अटोमा सवार भई हिँड़न मात्र लागेका थिए चापरमुख थानाको पुलिस सबै तस्करहरूलाई समात्न सफल भयो।











