चट्याङले भेटेर एकजना युवकको मृत्यु

पानीघट्टा: चट्याङले लागेर एकजना युवकको मृत्यु भएको छ। घटना मिरिक महकुमाको पान्थाबारी इलाकाको बालासन नदीको किनारमा भएको हो। मृतक युवक पानीघट्टाको नयाँबस्ती निवासी डम्बर सोनारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार नदीमा काम गर्न गएको समय चट्याङले उक्त युवकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पानीघट्टा आउटपोस्ट पुलिस घटनास्थलम पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक व्यक्तिले आफूपछि स्वास्नी र दुईजना नानीलाई छाडि गएका छन्। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement