बंगाल: कावाखालीमा कन्टेनर र ट्रेलर ठोक्किदा चालक घाइते

3545437-untitled-22-copy.webp

सिलगढी; सिलगढीको कावाखाली इलाकामा एउटा कन्टेनर र ट्रेलर आपस्तमा ठोक्किदा कन्टेनर चालक गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज बिहान लगभग ४ बजी सिलगढी मेट्रोपोलिटन पुलिस अन्तर्गत कावाखाली इलाकामा एउटा कन्टेनर र ट्रेलर आपस्तमा ठोक्किदा कन्टेनरको अघिल्लो भाग क्षतिग्रस्त बनेको छ। यसले गर्दा कन्टेनर चालक धेरै समयसम्म कन्टेनरभित्र फँसेपछि सिलगढी मेट्रोपोलिटन पुलिस र स्थानीय मानिसहरूले लामो प्रयासपछि चालकलाई बाहिर निकालेको बताइएको छ। पुलिसले गम्भीर अवस्थामा चालकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। खबर लेखुञ्जेलसम्म चालकको परिचय जुटाउन सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement