काठमाडौं: आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखला अन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग भिड्ने भएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:१५ बजेदेखि शुरु हुनेछ। नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को शुरुवात गर्न गर्न लागेको हो। यसअघि त्रिदेशीय शृंखलाको पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो। नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।