खरसाङ क्षेत्रमा द्वारे सरकारको क्याम्प आयोजन हुने

400px-Emblem_of_West_Bengal.svg_.png

खरसाङ: खरसाङ खण्डअन्तर्गत रहेको नगरपालिका अनि पञ्चायत क्षेत्रमा फेरि पश्चिम बङ्गाल राज्यद्वारा आयोजित द्वारे सरकारको क्याम्प बस्ने भएको छ। विशेषगरी खरसाङ नगरपालिका क्षेत्रमा आउँदो २३,२४,२५,२६,२७,३० अनि ३१ मईमा यो क्याम्प बसिने जानकारी प्राप्त भएको छ भने पञ्चायत क्षेत्रमा २१ मईदेखि लगातार ३१ मईसम्म क्याम्प बसिने बताइएको छ। खरसाङ नगरपालिकाको वार्ड नम्बर १ देखि ४ सम्म २३ मईमा हुनेछ भने २४ मईमा वार्ड नम्बर ५ देखि ८ सम्म, २५ मईमा ९ देखि १२ सम्म, २६ मईमा १३ देखि १६ सम्म, २७ मईमा १७ देखि २० सम्म अनि ३० तथा ३१ मईमा वार्ड नम्बर १ देखि २० सम्म यो क्याम्प बस्नेछ। त्यसरीनै ग्राम पञ्चायत क्षेत्रमा २१ मईदेखि ३१ मईसम्म लगातार रूपमा विभिन्न स्थानमा द्वारे सरकारको क्याम्प हुने जानकारी खरसाङ महकुमा शाषक कार्यालयबाट जानकारी पाइएको छ। प्राप्त जानकारीअनुसार उक्त क्याम्पमा लक्ष्मी भण्डार, ओबीसी, एससी, एसटी प्रमाण पत्र, स्टूडेन्ट क्रेडिट कार्ड लगायत विभिन्न सुविधाहरू विषय कार्य हुनेछ। यसको लाभ सबैलाई उठाउने आग्रह पनि सम्बन्धित विभागबाट गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement