बंगाल: सब्जी बोकेको गाडी पल्टदाँ सब्जी लुटनेको भीड

Capture-3.jpg

कालचिनी: बाइक चालकलाई बचाउने क्रममा सब्जी बोकेको एउटा गाडी अनियन्त्रित भएर पल्टिदा चार जना घाइते भएका छन्।गाडी पल्टिएपछि सब्जी लुटपाट गर्ने मानिसहरूको भीड लागेको बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान कालचिनी ब्लकको हाँसीमारा १० नम्बर इलाकाको एशियन हाईवेमा सब्जी बोकेको एउटा वाहन फालाकाटाबाट जयगाउँतर्फ गइरहेको समय अचानक एउटा बाइक अघिल्तिर आएपछि बाइकलाई बचाउने क्रममा सब्जी बोकेको वाहन अनियन्त्रित भएर पल्टियो। घटनामा वाहनमा सवार चारजना व्यक्ति घाइते भएका छन्। घटनापछि पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि तीमध्ये दुइजनाको अवस्था गम्भीर भएपछि तिनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरिदिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement