बंगाल: ब्राउन सुगर सहित दुइजना पक्राउ

d59a57f8-87e7-466a-99a2-d6a5e925791e-1024x576.jpg

सिलगढी: एनजेपी थाना पुलिसले सिलगढीको कावाखालीमा विश्व बाङ्ग्ला शिल्पी हाट इलाकामा अभियान चलाएर ब्राउन सुगर सहित दुइजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस द्वारा पक्रा परेकाहरूमा एमडी आलम र एमडी रफिकुल सामेल छन्। तिनीहरूमध्ये एकजना बलराम र अर्का एकजा सालबारी निवासी हुन्। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले गोप्य सूचनाको आधारमा कावाखाली विश्व बाङ्ग्ला शिल्पी हाट इलाकामा अभियान चलाएर १०० ग्राम ब्राउन सुगर सहित दुइजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। ती दुईजनाले उक्त ब्राउन सुगर शिवमन्दिरबाट कावाखालीमा बिक्री गर्ने उद्देश्यले ल्याएका थिए। उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य २ लाख रुपियाँ तोकेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement