अमेरिकी पप गायिका टेलरद्वारा एक लाख डलर दान

Taylor-Swift

लसएन्जल्स: अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि एक लाख डलर दान गरेकी छिन्। केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा लोपेज–गेल्वनको गत बुधबार केनसस सिटी चिप्स परेडमा गोलाबारी हुँदा मृत्यु भएको थियो। ४४ वर्षीया गोलाबारी पीडितको परिवारका लागि ७५ हजार डलर जुटाउने लक्ष्यका साथ बिहीबार दिउँसो एलिाबेथ लोपेज–गेल्वन मेमोरियल पेज बनाइएको थियो। शुक्रबार बिहान जब टेलरले दान गरिन्, यो राशी आफ्नो लक्ष्यबाट अगाडि बढेको थियो।

टेलरले शुक्रबार बिहान ५० हजार डलरका दुई सेट दान गरिन् र कुल राशी लक्ष्यभन्दा अगाडि बढ्यो। त्यो बेला करिब १३ सय व्यक्तिले दान गरेका थिए। टेलरले शुरुमा ५० हजार डलर दान गरेकी थिइन्। त्यसको आठ मिनेट पछि पुनः ५० हजार डलर दान दिइन्। अहिले पेजमा १ लाख ७३ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ। आफ्नो दानका साथ टेलरले लोपेज–गेल्वनको मृत्युमा शो जनाउँदै उनको परिवारका लागि समवेदना व्यक्त गरेकी छन्। ‘तपाईंको विनाशकारी नोक्सानका लागि म आफ्नो गहिरो समवेदना र प्रेमले सहयोग पठाइरहेकी छु’, दानसँगै उनले लेखेकी छन्। लोपेज–गेल्वनले चिप्सको सुपर बाउल विजयको खुशी मनाउनका लागि भएको ऱ्यालीमा सहभागिता जनाएकी थिइन्, त्यही बेला एक बन्धुकधारीले ऱ्यालीमा गोलाबारी गरेका थिए। यो घटनामा लोपेज–गेल्वनको परिवारका तीन सदस्यसहित कुल २१ जना घाइते भएका थिए।

‘यो राशी लिसा लोपेज–गेल्वनको परिवारलाई सहयोग गर्न बनाइएको हो। उनी चिफ्स सुपर बाउल विक्ट्री परेडको उत्सव मनाइरहेकी थिइन्, जुन बेला उनको हत्या भयो। उनको दुई सन्तान र पति जीवित छन्। उनी एक अद्भुत आमा, पत्नी, छोरी, बहिनी, काकी, भतिजी र कैयौं मानिसका साथी थिइन्। हामी अनुरोध गर्दछौं कि तपाईं उनको परिवारलाई आफ्नो प्रार्थनामा सहभागी गराउनुहोस्, किनकी हामी उनको मृत्युमा शोक मनाइरहेका छौं। यो राशी उनको परिवारलाई यो अकल्पनिय पीडाको सामनामा महत्वपूर्ण आर्थिक सहयोग प्रदान गर्न मद्दत मिल्नेछ। कुनै पनि मूल्यलाई स्वीकारिनेछ’, गो फण्ड मी पेजमा लेखिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *