आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गुटका २ पक्राउ

सिलगढी: आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने गुटका २ जना सदस्यलाई एसओजी (स्पेशल अपरेशन ग्रुप) र डीडी (डिटेक्टिडिपार्टमेन्ट)-ले संयुक्त अभियान चलाएर पक्राउ गरेको छ। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गर्यो। पक्राउ पर्नेहरूमा सञ्जय कुमार (२७) र अनुज कुमार (२९) सामेल छन्। तीमध्ये सञ्जय पटना र अनुज जहानाबाद बिहार निवासी हुन्। तिनीहरूबाट आर्मीको नियुक्त पत्र, नकली आई कार्ड ५ वटा मोबाइल उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार उत्तर प्रदेश निवासी अमित कुमारलाई आर्मीमा नोकरी लगाइदिने प्रलोभन देखाएर लगभग ३ लाख रुपियाँ लिइने कुरा फाइनल गरेपछि सञ्जय र अनुज उक्त रुपियाँ लिन सालबारी इलाकामा आइपुगे । यसबारे आर्मी इन्टेलिजेन्स ब्युरोले थाहा पाएपछि सिलगढी मेट्रोपोलिटन पुलिसलाई खबर दिए। यसपछि एसओजी र डीडी-ले सालबारीमा संयुक्त अभियान चलाएर ती दुवैलाई पक्राउ गरेर प्रधान नगर थानालाई सुम्पिदिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement