प्रथम श्रेणीको क्रिकेटबाट सन्न्यास लिने वरुण एरोनको घोषणा

IMG-20240217-WA0109.jpg

नयाँ दिल्ली: भारतीय पेस बलर वरुण एरोनले रातो बलको खेलबाट टाढ़ा हुने फसेला गरेका छन्। एरोन अहिले रणजी ट्रफीमा आफ्नो राज्य झारखण्डबाट खेलिरहेका छन्। एरोनको भारतीय टीमसँग यात्रा साल २०१५-मा समाप्त भएको थियो। उनले भारतको निम्ति ९ वटा टेस्ट म्याच खेलेर १८ विकेट हासिल गरे। यसरी ९ वटा वनडे इण्टरनेशनल क्रिकेटमा म्याच खेलेर उनले ११ विकेट हासिल गरे। उनले ६५ वटा प्रथम श्रेणीको म्याचमा ३३.७४-को औसतले १६८ विकेट लिएका छन्। एरोनलाई ईंग्लिश काउण्टी सर्किटमा डरहमबाट खेल्ने मौका पनि प्राप्त भयो। एरोनले भने, म २००८-देखि रातो बलको क्रिकेट (टेस्ट र प्रथम श्रेणीका म्याचहरू) खेलिरहेको छु। अहिले मेरो शरीरले मलाई रातो बलको क्रिकेटमा लगातार बलिंग गर्ने अनुमति दिइरहेको छैन। यसैकारण मैले यस प्रारूपबाट छोड़्ने फसेला गरे। यो मेरो परिवार अनि जमशेदपुरका मानिसहरू अघि मेरो अन्तिम म्याच हुनसक्छ कारण हामी यहाँ (कीनन स्टेडियम) अधिकांश समय नै सेतो बलको क्रिकेट खेल्दैनौं। मैले आफ्नो करियरको शुरुवात यहीँबाट गरेको थिए। यसैकारण यो मेरो निम्ति निक्कै भावनात्मक रहनेछ।
वरुणले आफ्नो करियरमा चोट-आघातसँग लगातार जुझ्नु पऱ्यो। उनको ढाड़ र खुट्टामा फ्र्याक्चर भएको थियो। उनले आफ्नो तेज गतिको आक्रामक बलिंगद्वारा सबैको ध्यान आकर्षित गरेका थिए। यसमा उनले ईंग्ल्याण्डका स्टुअर्ट ब्रडलाई गरेको बाउन्सर पनि सामेल छ, जसले २०१४-मा ओल्ड ट्रेफर्डमा एउटा टेस्ट म्याचको अवधि ब्रडको नाकको हड्डी भाँचिएको थियो। रातो बलको प्रारूपमा वरुणको करियर २००८-मा शुरु भएको थियो, जब उनले जम्मू-कश्मीर विरुद्ध रणजी ट्रफीको लीग म्याचमा झारखण्डको निम्ति प्रथम श्रेणीमा पदार्पण गरेका थिए। आफ्नो प्रतिभाले गर्दा उनी चाँड़ै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका थिए। उनले २०११-मा मुम्बईको वानखेड़े स्टेडियममा ईंग्ल्याण्ड विरुद्ध वनडे इण्टरनेशनल क्रिकेटमा पदार्पण गरेका थिए। त्यसको लगत्तै एक महिना पछि उनले वेष्ट इण्डिज विरुद्ध टेस्ट पदार्पण पनि गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *