एशिया टीम च्याम्पियनशीपमा पहिलोपल्ट पदक पक्का गऱ्यो भारतले

IMG-20240217-WA0104.jpg

नयाँ दिल्ली: भारतीय महिला ब्याडमिण्टन टीमले शुक्रवार क्वार्टर फाइनलमा हंगकंगलाई ३-०-ले पराजित गरी ब्याडमिण्टन एशिया टीम च्याम्पियनशीप (बीएटीसी)-मा आफ्नो ऐतिहासिक पहिलो पदक पक्का गऱ्यो। शीर्ष वरीयता प्राप्त चीनलाई पराजित गरी ग्रुपको शीर्षमा रहेपछि भारतले दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धु, अस्मिता चालिहा र अश्विनी पोनप्पा तथा तनीषा क्रास्टोकी युगल जोड़ीको जीतको दममा हंगकंगलाई पराजित गऱ्यो। चोटले गर्दा लामो समयपछि खेलमा फर्किने सिन्धुले आफूभन्दा कम्ती ऱ्याङकिंग भएकी लो सिन यान ह्याप्पीलाई रोमाञ्चक म्याचमा २१-७, १६-२१, २१-१२-ले पराजित गरिन्। त्यसपछि अश्विनी र तनीषाकी महिला युगल जोड़ीले येयुंग एनगा टिंग र येयुंग पुई लेमकी विश्वकी १८औं नम्बरकी जोड़ीलाई केवल ३५ मिनटमा २१-१०, २१-१४-ले पराजित गरिन्। अन्तमा अस्मिताले येयुंग सुम यी विरुद्ध २१-१२, २१-१३-ले जीतको साथ भारतको जीत सुनिश्चित गरिन्। यसको साथै भारतीय टीमले च्याम्पियनशीपमा कम्तीमा काँस्य पदक जित्ने पनि सुनिश्चित भयो। भारतीय प्रशिक्षक विमल कुमारले भने, यो महिला टीमको निम्ति एउटा सहज परिणाम हो। म उनीहरूका प्रदर्शनसँग खुशी छु। ड्रिफ्टले गर्दा एउटा प्रान्तमा खेल्नु मुश्किल हुँदा सिन्धुले सामान्य संघर्ष गर्नु पऱ्यो तर यो असल परिणाम हो अनि हामी सेमिफाइनलमा छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement