फिफा ऱ्याङकिंगमा भारतलाई नोक्सान, झरेर ११७औं स्थानमा

IMG-20240217-WA0099.jpg

नयाँ दिल्ली: भारतीय पुरुष फूटबल टीम हालै एएफसी एशियन कपमा निराशाजनक प्रदर्शनपछि फिफा ऱ्याङकिंगमा १५ स्थान झरेर अहिले ११७औं स्थानमा पुगेको छ, जुन उनीहरूको गत ७ सालमा सबैभन्दा खराब ऱ्याङकिंग हो। एएफसी एशियन कपमा भारतले आफ्नो तीनैवटा ग्रुप म्याच हारेको थियो। यो भारतले जनवरी २०१७ (त्यस समय १२९औं स्थान) पछि सबैभन्दा खराब ऱ्याङकिंग हो। देशको सबैभन्दा खराब ऱ्याङकिंग चाहिँ २०१५-मा रहेको थियो। त्यस समय भारत १७३औं स्थानमा पुगेको थियो। गत फिफा ऱ्याङकिंगमा भारत १०२औं स्थानमा रहेको थियो, जुन २१ दिसम्बर २०२३-मा जारी गरिएको थियो। त्यहाँदेखि भारतले नवीनतम ऱ्याङकिंगसम्म ३५.६३ रेटिंग अंक गुमाएको छ।
अहिले भारत टोगो (११६औं ऱ्याङकिंग) र गिनी बिसाऊ (११८औं ऱ्याङकिंग)-को बीचमा रहेको छ। एशियन देशहरूका ऱ्याङकिंगमा भारत २२औं स्थानमा रहेको छ। मुख्य प्रशिक्षक इगोर स्टीमाकको मार्गदर्शनमा भारतले एएफसी एशियन कपमा अष्ट्रेलिया विरुद्ध २-०-ले, उज्बेकिस्तान विरुद्ध ३-०-ले अनि सीरिया विरुद्ध १-०-ले हारको सामना गर्नु परेको थियो। समग्रमा बेल्जियम फिफा ऱ्याङकिंगको शीर्ष स्थानमा रहेको छ। त्यसपछि ब्राजील दोस्रो अनि फ्रान्स तेस्रो स्थानमा रहेको छ। यसबाहेक ईंग्ल्याण्ड (चौथो) र इटली (पाँचौं) पनि शीर्ष पाँचमा सामेल छ। त्यसपछि अर्जेण्टिना छैटौं, स्पेन सातौं, पोर्तुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *