प्रधाननगर थानाका आईसीलाई लाइन हाजिर

सिलगढी: शुभाशीष चाकी लामो समयदेखि प्रधाननगर थानाका आईसीको पदमा थिए। तिनलाई प्रधाननगर थानाका आईसी शुभाशीष चाकीलाई लाइन हाजिर गरिएको छ। गत राति आईसी सुभाशीष चाकीलाई लाइन हाजिर गरिएको छ। तथापि, पुलिस अधिकारीहरूले यसबारेमा विस्तृत रूपमा केही भन्न चाहेनन्। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माले बताएअनुसार आईसी शुभाशीष चाकीलाई लाइन हाजिर गरिएको छ। यो पुलिस विभागको आन्तरिक मामिला रहेको तिनले बताए। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त थानाको क्राइम विङबाट २ जनालाई अन्यत्र स्थानान्तिरत गरिएको छ। केही दिन अघि डागापुर नजिक एउटा रेस्टुरेन्टमा अवैध रूपमा रम-रक्सी बेचिरहेकोले प्रधान नगर थाना पुलिसले उक्त रेस्टुरेन्टमा छापामारी अभियान चलाएर केही मानिसहरूलाई पक्राउ गरेको थियो। प्रधाननगर थानाको केही पुलिसलाई त्यहाँ अवैध रूपमा रम-रक्सी बिक्री भइरहेको बारे अघिबाटै थाहा रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement