राजभवनमा हाम्रो संकल्प, विकसित भारत, पुष्पित सिक्किम कार्यक्रम आरम्भ

IMG-20240216-WA0252.jpg

गान्तोक: राजभवन सिक्किमको तत्वावधानमा हाम्रो संकल्प विकसित भारत पुष्पित सिक्किम अन्तर्गत विभिन्न शृंखलावद्व कार्यक्रमहरू राजभवन परिसरमा आरम्भ भएको छ। राज्यपाल लक्ष्मण प्रसाद आचार्यको विशेष मार्गदर्शनमा शुभारम्भ गरिएको यो कार्यक्रमको समापन आगामी १८ फरवरीको दिन हुनेछ। कार्यक्रमको उद्वघाटनीय अवसरमा आज केन्द्रीय डोनर मन्त्री बीएल बर्मा, राज्यपाल लक्ष्मण प्रसाद आचार्य तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशेष रूपमा उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा हाम्रो संकल्प विकसित भारत पुष्पित सिक्किम थीम अन्तर्गत पुष्प प्रदर्शनीको विभिन्न अतिथिहरूको उपस्थितिमा विधिवत रूपमा उद्वघाटन गरियो भने ब्यानर बेलुनको लोकार्पणसितै न्यु सिक्किमज गार्डेनको अतिथिहरूद्वारा संक्षिप्त भ्रमण गरियो। विभिन्न रंगारंग सांस्कृतिक कार्यक्रमहरू पनि यो अवसरमा प्रस्तुत गरियो भने विभिन्न स्वंयसेवी संघ- संस्थाहरूलाई सिलाई मेसिन पनि वितरण गरियो। यो कार्यक्रम अन्तर्गत दुई दिवसीय निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो भने मेगा रक्तदान शिविर आयोजना गरिनेछ। सोही प्रकारले साइकल ऱ्याली पनि आयोजना गरिने जानकारी गराइएको छ। यसै गरी विभिन्न शैक्षिक संस्थाहरूद्वारा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ भने सबैलाई राजभवनमा आयोजना हुने यी कार्यक्रमहरूको मनोरञ्जन लिन तथा राजभवन परिसरको मनमोहक दृश्यहरूको रसास्वादान गर्न राजभवनका सचिव जिग्मी दोर्जी भोटियाले आवहान पनि गरेका छन्। आजको कार्यक्रममा मन्त्री सोनाम लामा, कुङगा निमा लेप्चा,विष्णु कुमार खतिवडा, सञ्जित खरेल, विभिन्न विभागीय अधिकारीगण लगायत गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। राजभवन सिक्किमको तत्वावधानमा आयोजित हाम्रो संकल्प विकसित भारत पुष्पित सिक्किम कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल लक्ष्मण प्रसाद आचार्यले देशका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक महत्वाकांक्षी अभियान २०४७ सम्म विकसित भारतको लक्ष्यबारे प्रकाश पार्दै यो कालखण्ड भारतको अमृतकाल रहेको मन्त्व्य व्यक्त गरे। आफ्नो सम्बोधनमा केन्द्रीय डोनर तथा सहकारिता राज्य मन्त्री बीएल वर्माले प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भईरहेका विविध जन कल्याणकारी कार्यक्रमहरूको उल्लेख गर्दै विकसित भारत यात्रा अन्तर्गत प्रधानमन्त्रीद्वारा उत्तरपुर्वी क्षेत्रलाई अष्ठलक्ष्मीको संज्ञा दिएको जानकारी गराए।

यसलाई पुरा गर्न प्रधानमन्त्री निरन्तर लागिरहेको बताउँदै उत्तर पुर्वी क्षेत्र राम्रो र भएर सबै क्षेत्र राम्रो हुने विचार व्यक्त गरे। उत्तरपुर्वी क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको साथै सांस्कृतिक विरासतमा पनि समृदव रहेको जानकारी गराए। आफ्नो सम्बोधनमा उनले सिक्किमका राज्यपालको एक बर्षको सफलतापुर्वक कार्यकाल पुरा भएकोमा बधाई दिंदै सफल कार्यकालको कामना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement