गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ तयारीलाई लिएर आज नाम्ची जिल्लाकाको जिल्ला प्रशासनिक केन्द्र एक तयारी सभा सम्पन्न भयो। नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेको अध्यक्षतामा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी, खण्ड विकास अधिकारी लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। उक्त सभामा विशेष गरेर विभिन्न आवश्यक विषयहरूमाथि छलफल गरियो, जसमा फारम प्रक्रिया, एपिक वितरण र अनुगमन, लगायत अन्य विषय रहेको थियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल आलेले चुनाउको लागि एप्सको प्रयोगको महत्त्वलाई प्रकाश पार्दै विभिन्न इसीआई च्यानलहरू मार्फत जानकारी गराउन सबै अधिकारीहरूलाई आग्रह गरिन्।











