पाल्जोर स्टेडियममा भेटरेन्स अनि मास्टर स्टेट व्याडमिन्टन प्रतियोगिता शुरु

IMG-20240216-WA0254.jpg

गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियमको जिम्नेजियम हलमा आजदेखि तिन दिवसीय ३२औं भेटरेन्स अनि मास्टर स्टेट व्याडमिन्टन प्रतियोगिता शुरू भयो। व्याडमिन्टन एसोसिएसन अफ् सिक्किमद्वारा आयोजना गरिएको यस प्रतियोगितामा पुरूष र महिलावर्गको डबल र सिङ्गल दुवै खेल रहको छ। आजको कार्यक्रममा मुख्य अतिथिकोरूपमा ओलम्पिक एसोसिएशन अफ् सिक्किमका अध्यक्ष कुबेर भण्डारी रहेका थिए। पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले यस प्रतियोगितामा ३५ वर्षदेखि माथि उमेर भएकाहरूले सहभागिता जनाएका छन्। मुख्यमन्त्री प्रेम सिंह तामाङले खेलकूदलाई बढावा दिनको निम्ति क्लब कल्चर शुरू गर्ने सुझाउ दिएका हुनाले यसलाई कार्यान्वयन गर्दै यस प्रतियोगिताको आयोजना गरिएको हो। विशेष गरेर भेटरेन्स प्रतियोगिता आयोजना गरिनुको प्रमुख उद्देश्य नव खेलाडीहरूले उनीहरूबाट खेल खेल्ने तकनिकीबारे जानकारी पाउन सक्नेछन्। यसै क्रममा आयोजक समितिका महासचिव सुखान्त दासले जानकारी गराए अनुसार यस तिन दिवसीय प्रतियोगिताबाट छनौट गरिएको उत्कृष्ट खेलाडीहरूले राष्ट्रस्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्। यस प्रतियोगितामा १७० जनाले सहभागिता जनाएको उनले जानकारी गराए। आजदेखि शुरू भएको प्रतियोगितामा महिलाहरूले पनि अधिक मात्रमा सहभागिता जनाएको अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *