गान्तोक: पूर्वको सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको सरकारकालमा सर्वसाधरण मात्र होइन तर विधायक महिलाहरूसमेत सुरक्षित थिएनन् भनी पूर्व विधायक चन्द्रमाया सुब्बाले गम्भीर आरोप लगाएकी छन्।
आज यहाँ सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एउटा जनसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन्।
उनको आफ्नो वक्तव्यमा बताए अनुसार, एसडीएफ सरकारकालमा अश्लील कीर्ते पर्चामार्फत महिलाहको चरित्र हनन् गरिन्थ्यो जसबाट आफूजस्ता विधायक महिलाहरू पनि अछुतो थिएन। उल्लेखनीय छ, एसडीएफ सरकारकालमा दुईपल्ट विधायक रेहेकी सुब्बा एसडीएफ पार्टी सत्ताच्यूत भएपछि वर्तमान सत्तारुढ़ एसकेएम पार्टीमा सामेल भएकी छन्।
“पूर्वको सरकारकालमा सरकारको योजना र कार्यहरूमाथि असहमति जनाउने तथा प्रतिक्रिया व्यक्त गर्ने महिलाहरूको कीर्ते पर्चा निकालेर चरित्र हनन गरिन्थ्यो। विधायक जस्तो पदमा रहेका हामी पनि यसको शिकार हुनेगर्थ्यौं”, पूर्व विधायक चन्द्रमाया सुब्बाले भनिन्। उनले बताएअनुसार त्यस समय सरकारको विरोध गर्नेहरूको कीर्ते अश्लील पर्चा निकालिन्थ्यो, जसमा निर्दोष महिलाहरूको पनि नाम हुने गर्थ्यो। सरकारमा भएकोले खुलेर प्रतिक्राय व्यक्त गर्न नसके पनि आफूलाई यस कुराले पिरोल्ने गरेको उनको भनाइ रहेको छ।










