टेस्टमा ५०० विकेट पूरा गरे आर अश्विनले

IMG-20240216-WA0197.jpg

राजकोट: भारतीय क्रिकेटमा अन्नाको नामले चिनिने स्टार अफ् स्पिनर रविचन्द्रन अश्विनले आज विशेष उपलब्धि हासिल गरे। ईंग्ल्याण्ड विरुद्ध जारी तेस्रो टेस्ट म्याचको दोस्रो दिन ज्याक क्राउलेलाई आउट गर्नको साथै अश्विनले टेस्ट क्रिकेटमा आफ्नो ५०० विकेट पूरा गरे। आज यस विशेष उपलब्धिलाई हासिल गर्नको साथै उनले भारतका अन्य एक महान स्पिनर अनिल कुम्बलेलाई पनि पछि छोड़े। वास्तवमा लेग स्पिनर कुम्बलेले ईंग्ल्याण्ड विरुद्ध नै ९ मार्च २००५-मा मोहालीमा आफ्नो ५००औं टेस्ट विकेट हासिल गरेका थिए। त्यो उनको १०५औं टेस्ट म्याच थियो तर अश्विनले यस विशेष उपलब्धिलाई आफ्नो ९८औं टेस्ट म्याचमै हासिल गरे। सबैभन्दा तेज (म्याचको हिसाबले) ५०० टेस्ट विकेट हासिल गर्नेहरूका मामिलामा अश्विनभन्दा अघि केवल श्रीलंकाका मुथैया मुरलीधरन रहेका छन्। श्रीलंकाका महान अफ् स्पिनरले ८७ वटा टेस्टमा ५०० विकेट पूरा गरेका थिए।
समग्रमा अश्विन सर्वाधिक टेस्ट विकेट लिनेहरूका सूचीमा अहिले नवौं स्थानमा रहेका छन्। यस सूचीमा मुरलीधरन ८०० विकेटको साथ शीर्षमा छन्। त्यसपछि अष्ट्रेलियाका महान लेग स्पिनर शेन वार्न (७०८) दोस्रो, ईंग्ल्याण्डका जेम्स एण्डरसन (६९६) तेस्रो, कुम्बले (६१९) चौथो र ईंग्ल्याण्डकै स्टुअर्ट ब्रड (६०४) पाँचौं स्थानमा रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *