डकेटको अविजित शतकले ईंग्ल्याण्डको लड़ाइँ जारी

IMG-20240216-WA0237.jpg

राजकोट: ओपनर बेन डकेटको अविजित शतकको सहायताले ईंग्ल्याण्डले भारत विरुद्ध जारी तेस्रो क्रिकेट टेस्ट म्याचमा आफ्नो लड़ाइँ जारी राख्यो। शुक्रवार म्याचको दोस्रो दिन भारतको पहिलो ईनिंग्स ४४५ रनमा समाप्त भयो। त्यसपछि ईंग्ल्याण्डले आज खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा २ विकेट गुमाएर २०७ रन बनायो। बेन डकेट १३३ रनमा अविजित छन्। उनले ईंग्ल्याण्डको बेजबल रणनीति अनुरुप खेल्दै ११८ बल खेलेर २१ वटा चौका र २ वटा छक्का लगाइसकेका छन्। उनको साथमा जो रुट ९ रनमा अविजित छन्। ईंग्ल्याण्ड अहिले पनि पहिलो ईनिंग्सको आधारमा २३८ रनले पछि रहेको छ। आज भारतीय बलरहरूमा रविचन्द्रन अश्विन र मोहम्मद सिराजले १-१ विकेट लिए।

ईंग्ल्याण्डको पहिलो ईनिंग्समा आज डकेटले टीमलाई आक्रामक शुरुवात दिलाए। उनले साथी ओपनर ज्याक क्राउले (१५)-सँग मिलेर पहिलो विकेटको निम्ति १३.१ ओभरमै ८९ रनको पार्टनरशीप गरे। अश्विनले क्राउलेलाई आउट गरेपछि पनि डकेटले ओली पोपसँग मिलेर आक्रामक ब्याटिंग गर्न जारी राखे। पोपले ३९ रन बनाए। डकेट र पोपले मिलेर दोस्रो विकेटको निम्ति तेजीको साथ ९२ रन योग गरे। यस पार्टनरशीपको अवधि नै डकेटले केवल ८८ बलमा आफ्नो शतक पूरा गरे। असल फर्ममा देखिएका पोपलाई सिराजले पभेलियन पठाए। त्यसपछि डकेटले रुटसँग मिलेर दिनको अन्तसम्म खेल्न जारी राखे। यसअघि बिहीवारको स्कोर ५ विकेटमा ३२६ रनदेखि अघि खेल्दै भारतले ११९ रन जोड़ेर रहल ५ वटा विकेट गुमायो। रविन्द्र जडेजा ११२ रन बनाएर आउट भए। त्यसपछि ध्रुव जुरेल पनि अर्द्धशतकको नजिक पुगेर पभेलियन फर्किए। उनले १०४ बल खेलेर ३ वटा छक्का र २ वटा चौकाको साथ ४६ रन बनाए। अन्तमा अश्विन र जसप्रीत बुमराहले उपयोगी योगदान दिएर टीमलाई ४४५ रनसम्म पुऱ्याए।

अश्विनले ३७ र बुमराहले २६ रन बनाए। ईंग्ल्याण्डका बलरहरूमा मार्क वुडले सर्वाधिक ४ विकेट लिए। यसबाहेक रेहान अहमदको झोलीमा २ विकेट रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *