नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

Binod_Bhandari_Nepal_A_Team

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने रणनीति अनुसार नै नेपाल क्रिकेट संघ क्यानले सिनियर र ए टिम बनाएको छ। नेपालको सिनियर टिमले आइसीसी विश्वकप लिग २ को खेलमा नामिबिया र नेदरल्याण्ड्सँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिरिज खेलिरहेका बेला ‘ए’ टिमले भने क्यानडा ११ सँग मूलपानी मैदानमा एक मैत्रीपूर्ण सिरिज खेल्दैछ।

२ दिन अघि क्यानले ३६ सदस्यीय ए टिम घोषणा गरेको थियो। सोही टोलीबाट विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय क्यनडा ११विरुद्ध खेल्ने स्क्वाड पनि घोषणा गरेको छ। विनोदको कप्तानीमा रहेको टोलीले आउँदो आइतबार, मंगलबार र विहीबार गरेर तीन वटा एक दिवसीय क्रिकेट म्याच खेल्ने छ। क्यानडाको सिनियर टोली हालै नेपालसँग तीन खेलको एक दिवसीय सिरिज खेल्न आएको थियो। त्यतिबेला क्लिनस्वीप भएको क्यानडाले त्यही टोलीका खेलाडी समावेश गरेर ‘क्यानडा ११’ बनाएको हो। आइतबारदेखि विहीबारसम्मको ३ खेलको तालिका नेपाल क्रिकेट संघ क्यानले विहीबार राति सार्वजनिक गरेको हो। यो सिरिजमा नेपाली टिमका प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement