विलुप्त प्रजातिको कछुवा उद्धार

IMG_20220730_213227.jpg

सिलगढी: विलुप्त प्रजातिको कछुवा उद्धार भएको छ। उक्त कछुवा आज फुलेश्वरी नदी सफा गर्ने क्रममा उद्धार गरिएको थियो। सफाई कर्मीहरूले आज सिलगढी नगरनिगमको २० र २३ नम्बर वार्डको माझमा रहेको फुलेश्वरी नदी सफा गरिरहेको थियो। त्यही समय एउटा कछुवा देखेपछि २३ नम्बर वार्डका काउन्सिलर लक्ष्मी पाललाई जानकारी गराए। घटनाको खबर पाएर तिनी घटनास्थलमा पुगिन्। काउन्सिलर लक्ष्मी पालले बताए अनुसार नदीको सफाई गरिरहेको समय उक्त कछुवा उद्धार भएको हो। उक्त कछुवा वन विभागको परामर्शअनुसार सिलगढी पार्कमा राखिने भएको छ। नदीमा अझ अन्य कछुवा हुनसक्ने आशंका रहेकोले यसबारे ध्यान दिइने तिनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement