पिपलेमा एसकेएमको समष्टिस्तरीय जनसभा

IMG-20240216-WA0250.jpg

एसडीएफ पार्टीको माखाको जनसभा “खोदा पहाड निकला चुहा” भयोः जेकब खालिङ

गान्तोक: हिजो माखामा भएको सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीको जनसभालाई जेकब खालिङले फ्लप बलिवुड मूभीसँग तुलना गरेका छन्। आज पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत जूम सालगारीको पिपलेमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाको समष्टिस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्। उल्लेखनीय छ, हिजो पूर्व सिक्किमको माखामा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको उपस्थितिमा वृहत जनसभा आयोजना गरेको थियो।

एसकेएम प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङकाअनुसार ६ महिनाभन्दा अधिक समयदेखि तयारी गरेको एसडीएफउम पार्टीको जनसभा जसरी अधिक प्रचार प्रसार गरिएको चलचित्र फ्लप हुन्छ त्यसरी नै फ्लप भएको छ। अर्कोतिर एसकेएम पार्टीले भने गत वर्ष रोलु दिवसदेखि नै भटाभट सुपरहिट मूभि जस्तो जनसभाहरू आयोजना गर्दै आएको उनको दावी रहेको छ। हिजो एसडीएफ पार्टीले माखामा जत्रो जनसभा आयोजना गऱ्यो त्यत्रो जनसभा एसकेएम पार्टीले विपक्षमा हुँदा दिनमा दशवटासम्म आयोजना गर्ने गरेको उनले बताए।
यसरी नै आफ्नो सम्बोधनको क्रममा खालिङले एसडीएफ नेता भाइचुङ भोटियाको एउटा बयानको पनि खण्डन गरे जसमा भोटियाले एसकेएम सरकारले बितेको पाँच वर्षमा करिब पाँच हजार गैरकानूनी भोटरलाई सिक्किममा भित्राएको आरोप लगाएका थिए। खालिङकाअनुसार प्रत्येक चुनाउको समय स्वभाविक रुपमा मतदाताहरूको सङ्ख्यामा बड़ोत्तरी हुनेगर्छ। तर, आजसम्म सिक्किमको इतिहासमा एसडीएफ सरकारकालमा मतदाता सङ्ख्यामा सर्वाधिक वृद्धि भएको उनले दावी गरे। भाइचुङ भोटियाले एसकेएम पार्टीमाथि कुनै आरोप लगाउन अघि यसको जवाफ दिनुपर्ने उनको भनाइ रहेको छ। अर्कोतिर यदि भाइचुङ भोटियासित एसकेएम पार्टीले गैरकानुनी रुपमा मतदाताहरूको सङ्ख्या वृद्धि गरेको पुख्ता प्रमाण छ भने सम्बन्धित निकायमा कम्प्लेन गरेर त्यसलाई रद्द गराउनुपर्ने नत्र झुटो कुरा गरेर राज्यवासी दिग्भ्रमित नपार्ने सुझाउ दिएका छन्। यसको साथै उनले यदि भोटियाको आरोप झुटो सावित भएको खण्डमा कानुनी कार्यवाही गर्ने चेताउने पनि दिएका छन्।
आजको कार्यक्रममा सिक्किम सरकारका कृषि मन्त्री लोकनाथ शर्मा मुख्य अतिथि रहेका थिए भने अन्य नेताहरूको साथमा क्षेत्र विधायक श्रीमती सुनिता गजमेरको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आगामी चुनाउमा जूम सालघारी समष्टिले सर्वाधिक मतान्तरले एसकेएम पार्टीलाई जिताएर फेरि एकपल्ट राज्यमा एसकेएम पार्टीको बलियो सरकार गठन गर्नुपर्ने बताए। यसरी नै आफ्नो स्बोधनको क्रममा क्षेत्र विधायक श्रीमती गजमेरले बितेको पाँच वर्षमा क्षेत्रमा भएका विकासमुखी कार्यक्रमहरू बारे जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement