खरसाङ: संयुक्त इसाई एकता मञ्चको एक सभा सालबारीको मेथीबारीमा सम्पन्न भएको छ। उक्त सभामा संयुक्त इसाई एकता मञ्चको केन्द्रीय समिति गठन गरिएको छ। एल्डर जीपी राईको शुरुको प्रार्थनाद्वारा थालिएको उक्त सभामा बाईबल पठन पास्टर आनन्द लामाले गरेका थिए। सभामा स्वागत सम्भाषण पास्टर सुनिल तामाङले राखेका थिए। सभामा संयुक्त इसाई एकता मञ्चको दर्शन र उद्देश्य विषयमा चेयरम्यान किरण राईले राखेका थिए। त्यसरी मञ्चको अागामी दिनको कार्यक्रम विषयमा भाइस चेयरम्यान पास्टर बेञ्जामिन आलेले राखेका थिए भने सभामा धन्यवाद ज्ञापन सिलाश शर्माले राखेका थिए। त्यसरी अन्तिम प्रार्थना श्याम प्रधानले गरेका थिए भने आशिष पास्टर भीम गुरुङले राखेका थिए। यसै सभामा संयुक्त इसाई एकता मञ्चको २९ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। उक्त केन्द्रीय समितिमा चेयरम्यान किरण राई, भाइस चेयरम्यान पास्टर बेञ्जामिन आले, सभापति रेभरेण्ड दानियल मुखिया, कार्यकारी सभापति पास्टर आनन्द लामा, उप सभापति पास्टर सुदिप तामाङ र पास्टर रूबेन प्रधान, महासचिवमा तिमोथी मुखिया, सचिव पास्टर सागर कार्कीढोली, सह सचिवमा पास्टर कुन्दन लामा र पास्टर सेवन राई, युवा सभापति भूपेन डुक्पा, कोषाध्यक्ष एल्डर जीपी राई र सह कोषाध्यक्ष आरपी शर्मा, तराई र डुवर्सको संयोजक पास्टर जुयल नायर, मुख्य संयोजक एल्डर मिलन रसाईली लगायत सल्लाहकारहरूमा विशाल छेत्री, रेभ सिमोन मुखिया, एल्डर दयारत्न प्रधान, एसके प्रधान, पास्टर भीम गुरुङ, पा भीम थापा, अय्युब गुरुङ, पा फिल विश्व, पा केवल तामाङ, पा जोहन छेत्री, पा आईजक जोशी, मिडिया सेलमा श्याम प्रधान, आमाहरूका संयोजकहरूमा सुस्मिता सुब्बा, नम्रता गुरुङ, पा शोभा सुब्बा आदि चयन भएका छन् सभापछि पत्रकारहरूसित कुराकानी गर्दै महासचिव तिमोथी मुखियाले जानकारी गराएका छन्।









